होमपेज > गोरुले हान्दा एक जनाको मृत्यु

गोरुले हान्दा एक जनाको मृत्यु

बिज्ञापन

झापामा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गौरादह नगरपालिका-७ जामबारीमा गोरुले हान्दा एक जनाको मृत्यु भएको हो। आफ्नै घरमा पालेको गोरुले हान्दा गौरादह -७ का ४८ वर्षीय कृष्ण शर्माको मृत्यु भएको हो। साथै गोरुले हानेर अर्का एक जना घाइते भएका छन्।

बुधबार साँझ बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा उक्त गोरुले हानेर शर्मा घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक लगिएको थियो। ढाडको ७ वटा करङ भाँचिएका शर्मालाई थप उपचारका लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएको थियो। उहाँको उपचारकै क्रममा बिहीबार अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही गोरुलाई समाउने क्रममा छिमेकी अन्दाजी ४५ वर्षीय रविन राजवंशी गम्भीर घाइते हुनुभएको छ। टाउकोमा चोट लगेका राजवंशीको नोबेल अस्पताल विराटनगर उपचार भइरहेको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  2. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  3. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  4. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  5. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  6. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  7. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  8. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  9. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  10. १० नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  11. ११ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  12. १२ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  13. १३ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  14. १४ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  15. १५ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो