होमपेज > घट्यो अमेरिकी डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमयदर कति?

घट्यो अमेरिकी डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमयदर कति?

बिज्ञापन

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो ।

युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रूपैयाँ १४ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको मूल्यमा वृद्धि भएको छ । यस्तै, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ६० पैसा र बिक्रीदर १७३ रूपैयाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १५३ रूपैयाँ ६१ पैसा कायम गरिएको छ । युके पाउन्ड स्ट्रलिङ र स्वीस फ्र्याङ्क दुवैको मूल्य बढेको केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरमा उल्लेख छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ९६ पैसा र बिक्रीदर आठ रूपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रूपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ १३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रूपैयाँ १ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २८ पैसा र बिक्री दर ३१ रूपैयाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५५ पैसा र बिक्रीदर नौ रूपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ५८ पैसा र बिक्रीदर १२ रूपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ २४ पैसा र बिक्री दर १९ रूपैयाँ ३२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७ रूपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ०४ पैसा र बिक्रीदर ४५१ रूपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३७० रूपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रूयैयाँ ९ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ६५ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  2. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  3. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  4. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  5. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  6. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  7. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  8. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  9. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  10. १० देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  11. ११ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  12. १२ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  13. १३ १३ राजदूतका लागि ३ हजार आवेदन
  14. १४ हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  15. १५ नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार