होमपेज > चार महिनामा वाणिज्य बैंकले ६३ अर्ब ६० करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह

चार महिनामा वाणिज्य बैंकले ६३ अर्ब ६० करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह

बिज्ञापन

चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकले ६३ अर्ब ६० करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । राष्ट्रबैंकको चौमासिका तथ्यांक अनुुसार सञ्चालमा रहेका २० वाणिज्य बैंकमा १९ वटाले उक्त रकम सेयर धितोमा कर्जा दिएका छन् त्यसमध्येमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सेयर धितोमा कर्जा दिएको छैन ।

चौमासिक समयमा सेयर धितोमा सबैभन्दा बढी कर्जा दिनेमा नबिल बैंक रहेको छ भने सबैभन्दा कम कर्जा दिनेमा नेपाल एसबिआई बैंक रहेको तथ्यांकमा उल्लेअ छ। नबिल बैंकले बैंकले १० अर्ब ९४ करोड ६३ लाख ६० हजार रुपैयाँ बराबर कर्जा दिएको छ । त्यस्तै नबिल पछि सेयर धितोमा धेरै कर्जा दिनेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले चार महिनाको अवधिमा ६ अर्ब २९ करोड ९३ लाख ४० हजार रुपैयाँ कर्जा दिएको छ । कात्तिक मसान्तसम्म सिद्धार्थ बैंकले ३ अर्ब ९६ करोड ५२ लाख, सिटिजन्स बैंकले ३ अर्ब ९१ करोड, कुमारी बैंकले ३ अर्ब ७७ करोड ५६ लाख, प्रभु बैंकले ३ अर्ब ६५ करोड ४१ लाख र लक्ष्मी सनराइज बैंकले ३ अर्ब २८ करोड ४४ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन् ।

यस्तै एनआईसी एशिया बैंकले ४ अर्ब ६४ करोड ४४ लाख, नेपाल बैंकले ४ अर्ब ४५ करोड ३७ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २६ करोड ३६ लाख, प्राइम बैंकले ४ अर्ब १२ करोड रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन् । यस्तै हिमालयन बैंकले २ अर्ब ५२ करोड ३४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ४० करोड ८१ लाख रुपैयाँ कर्जा दिएका छन् ।

राष्ट्र बैंकका अनुसार एभरेष्ट बैंकले १ अर्ब ३६ करोड सानिमा बैंकले १ अर्ब २२ करोड ३३ लाख, कृषि विकास बैंकले १ अर्ब १७ करोड ९१ लाख, एनएमबि बैंकले १ अर्ब ६ करोड ४६ लाख, माछापुच्छरे बैंकले ४९ करोड ८४ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन् भने नेपाल एसबिआई बैंकले २ करोड ३९ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन् ।

सेयर धितो कर्जा लिँदा व्यक्तिगत रुपमा समग्र बैंक तथा वित्तीय संस्थाबाट १५ करोडसम्म र संस्थागत रुपमा अधिकतम २० करोडसम्म कर्जा लिन सकिने व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म