होमपेज > चिनियाँ उच्चस्तरीय टोली भोलि काठमाडौंमा

चिनियाँ उच्चस्तरीय टोली भोलि काठमाडौंमा

बिज्ञापन

चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली भोलि काठमाडौं आइपुग्ने भएको छ। बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, जटिल बन्दै गएको भू–राजनीति, नेपालको अस्थिर राजनीतिक अवस्था र आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा चिनियाँ टोलीको नेपाल आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग अन्तर्गत नेपाल मामिला प्रमुख झेङ युहा (सरला) को नेतृत्वमा टोली नेपाल आउन लागेको हो। टोलीले तीन दिन नेपाल बसाइँ गर्ने कार्यक्रम रहेको छ। यस अवधिमा उच्चस्तरीय राजनीतिक नेतृत्व तथा सरकारी तहका जिम्मेवार व्यक्तिसँग भेटघाट हुने भरपर्दो स्रोतले जनाएको छ।

टोलीले छिमेकी मुलुकहरूसँग बढ्दै गएको अविश्वास, क्षेत्रीय शक्ति सन्तुलन र नेपालको समग्र राजनीतिक अवस्थाबारे अध्ययन गर्ने जनाइएको छ। साथै, नेपालका विभिन्न राजनीतिक शक्तिसँग सौहार्दपूर्ण भेटघाट गर्दै आपसी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य पनि भ्रमणको मुख्य एजेन्डा रहेको बताइएको छ।

नेपालको दीर्घकालीन राजनीतिक स्थिरताका लागि सम्भावित समाधानका विषयमा चीनले आफ्ना सुझाव राख्ने बताइएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सफलताका लागि शुभकामना आदान–प्रदान पनि चिनियाँ टोलीको भ्रमणको एक महत्वपूर्ण पक्ष रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म