होमपेज > जन्ती बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, ३४ जना घाइते

जन्ती बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, ३४ जना घाइते

बिज्ञापन

बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। बिहीबार राति भएको दुर्घटनापछि उपचारका क्रममा थप पाँचजनाको ज्यान गएसँगै मृतक संख्या १३ पुगेको हो। दुर्घटनामा ३४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा परेका बेहुला–बेहुली भने अर्को सवारीसाधनमा रहेकाले सकुशल छन्। यसअघि घटनास्थलमै आठजनाको मृत्यु भएको थियो भने डडेलधुरा अस्पतालमा उपचाररत थप पाँचजनाको मृत्यु भएको हो। घाइतेमध्ये २५ जनाको डडेलधुरामा र चार जनाको बझाङको देउलेकमा उपचार भइरहेको छ। थप उपचार आवश्यक परेका पाँच जनालाई धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृतकहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशबराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी रहेका छन्।

यसैगरी, बझाङ केदारस्यु गाउँपालिका निवासी ६० वर्षीय मोहनदेव भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय वसन्तराज रतला, बैतडी पुर्चौडी–७ की ४० वर्षीया पुष्पा अवस्थी, बझाङ बित्थडचिर–७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बझाङ केदारस्यु–७ का २७ वर्षीय केशबदत्त भट्ट र बैतडी पुर्चौडी–७ का १४ वर्षीय सुशील जोशी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडुका अनुसार पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको पवनदूत यातायातको बस बिहीबार राति अनियन्त्रित भई करिब २०० मिटर तल खसेको थियो।

बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  2. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  3. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  4. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  5. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  6. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  7. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  8. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  9. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  10. १० नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  11. ११ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  12. १२ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  13. १३ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  14. १४ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  15. १५ १३ राजदूतका लागि ३ हजार आवेदन