होमपेज > जुम्लामा जीप सड्क तल खसेपछि…

जुम्लामा जीप सड्क तल खसेपछि…

बिज्ञापन

जुम्लामा जीप दुर्घटना हुदाँ एक जना गम्भिर घाईते र अन्य सामान्य घाईते भएका छन् ।

सोमबार बिहान १०ः३० बजे कालिकोटको हिलसाईड होटल नजिक जीप सड्क तल खसेपछि एक जना गम्भिर घाईते हुनुका साथै अन्य सामान्य घाईते भएका हुन् । भिजिट कर्णाली यातायात प्रा.ली.को कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको सानो जीप दुर्घटना हुदा कास्की पोखरा २९ निवासी २८ बर्षिय रुवी थापाको करङमा चोट लागि गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

उक्त गाडिमा सवार राष्ट्रिय मानव अधिकार आयोग जुम्ला कार्यालयका प्रमुख कल्पना नेपाल आचार्यले कालिकोटमा गाडि दुर्घटनामा परेको जानकारी दिएकी हुन् । जिल्ला प्रहरी कालिकोटका प्रहरी निरीक्षक विरबहादुर सुनारका अनुसार पाल्पा मातागढि गा.पा. वडा नम्बर १ निवासी राष्ट्रिय मानव अधिकार आयोग कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्य, गुल्मि सत्यवति गा.पा. ३ निवासी कालिकोट तिला गुफामा कार्यरत डाक्टर सुनिल ज्ञवाली, दार्चुला नौगुफा निवासी तिलागुफाका नर्स अञ्जना धामी, मुगु कार्मारोङ २ निवासी २६ बर्षिय हार्लेन तामाङ, बाँके जिल्ला कोहलपुर ८ निवासी ३५ बर्षिय देवेन्द्र अधिकारी, कर्णाली प्राविधि शिक्षालयमा कार्यरत दोलखा निवासी हिक्मत जिरेल सामान्य घाईते भएका हुन् ।

यसैगरी उक्त गाडिका चालक वीरेन्द्र नगर नगरपालिका वडा नम्बर ९ निवासी बर्ष २५ का रत्न प्रसाद अधिकारी सामान्य घाईते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  2. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  3. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  4. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  5. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  6. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  7. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  8. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  9. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  10. १० शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  11. ११ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  12. १२ १३ राजदूतका लागि ३ हजार आवेदन
  13. १३ हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  14. १४ नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  15. १५ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु