होमपेज > ट्याक्टर अनियन्त्रित भएर घरभित्र छिरेपछि…

ट्याक्टर अनियन्त्रित भएर घरभित्र छिरेपछि…

बिज्ञापन

दाङको तुलसीपुर उपमहानगरपालिका – १७ मानपुरमा एउटा ट्याक्टर अनियन्त्रित भएर घरभित्र छिरेको छ।

शनिबार बेलुका ८ बजे बिजौरीबाट मानपुर तर्फ जाँदै गरेको लु. प्र ००२ –००१ त ००८५ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भइ स्थानीय मुरारी शर्माको कच्ची दुई तले घरको पश्चिम तर्फको भागमा ठोक्किन गएको थियो।

सोही घरको पहिलो तलामा ५६ वर्षीय रामकृष्ण चौधरीले नास्ता पसल सञ्चालन गर्दै आएका थिए। ट्याक्टर घरभित्रै छिरेपछि ५६ वर्षीय रामकृष्णसहित उनकी छोरीहरु २८ वर्षीया शान्ति चौधरी, २० वर्षीया त्रिमा चौधरी, स्थानीय ४२ वर्षीय भक्तबहादुर खत्री र २८ वर्षीय रामजी गुप्ता घाइते भएका छन्।

घाइते सबैको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए। घाइते सबैलाई तुलसीपुरस्थि राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि राति नै बाँके नेपालगन्ज नर्सिङहोममा रिफर गरिएको थियो।

दुर्घटना लगतै ट्याक्टर चालक स्थानीय २० वर्षीय गोविन्द वली फरार भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। ट्याक्टर धनी स्थानीय २७ वर्षीय कमल पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक मगरका अनुसार ट्याक्टरको बीचको भाग भाँचिएको देखिएको हुँदा त्यही कारण अनियन्त्रित भइ घरमा छिरेको हुन सक्ने अनुमान छ।

चालक नियन्त्रणमा आएपछि थप अनुसन्धान हुने प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म