होमपेज > नवलपरासीमा भारी वर्षा, सावधानी अपनाउन महाशाखाकाे आग्रह

नवलपरासीमा भारी वर्षा, सावधानी अपनाउन महाशाखाकाे आग्रह

बिज्ञापन

पछिल्लो १२ घण्टामा नवलपरासी पूर्वमा भारी वर्षा भएको छ । नवलपरासी पूर्वको डण्डामा सबैभन्दा धेरै एक सय १६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै चितवनमा १०० दशमलव ४ र डोटीमा ९१ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ ।

यी क्षेत्र आसपासका नदी तथा खोलामा जलसतह बढ्न सक्ने र बाढी पहिरो जान सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै डडेलधुुरा, दाङ, तनहुँलगातका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै ठाउँमा गएराति पनि पानी परेको थियो ।

मौसमविद् गोविन्द झाका अनुसार गण्डकी र लुम्बिनीका केही भागसम्म पुगेर सक्रिय मनसुनी वायु पश्चिम क्षेत्रमा फैलन पश्चिमी र स्थानिय वायु कमजोर हुनुपर्छ । तर अहिलेसम्म त्यस्तो अवस्था बनिसकेको छैन । पश्चिम क्षेत्रमा मनसुन नपुगे पनि पानी भने पर्दै आएको उहाँले बताउनुभयो । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षा, १०० देखि २०० सय मिलिमिटरसम्मलाई धेरै भारी वर्षा र २०० भन्दा माथिलाई यता पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध भएको छ । विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन फेरि बगाएको छ ।

गएरातिको पानीले खोलामा बाढी आएपछि त्यसअघि मंगलबार दिउँसो बनाएको अस्थायी डाइभर्सन पुनः बगाएको हो ।डाइभर्सन बगाएपछि गाडी आवागमन दुईतर्फी नै बन्द भएको छ । पानी परेसँगै विनयी खोलामा बाढी आएर डाइभर्सन पटक–पटक बगाउने गरेको छ ।

अहिले त्यस क्षेत्रमा इन्जिनियरसहितको टोली परिचालन गरेर छिटोभन्दा छिटो गाडी चल्न सक्ने गरी मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पानीको वहाव कम हुँदै गएकोले दिउँसोसम्म गाडी चलाउन सक्ने गरी काम हुने कार्यालयको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  2. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  3. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  4. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  5. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  6. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  7. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  8. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  9. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  10. १० देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  11. ११ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  12. १२ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  13. १३ १३ राजदूतका लागि ३ हजार आवेदन
  14. १४ हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  15. १५ नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार