होमपेज > नितु पौडेल प्रकरण : गायक बाबुल गिरी प्रहरी हिरासतमा

नितु पौडेल प्रकरण : गायक बाबुल गिरी प्रहरी हिरासतमा

बिज्ञापन

गत शनिबार अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार पौडेलको मृत्युपछि उनका आफन्तले गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दर्ता गरेका छन्। जाहेरी दर्ता भएपछि गिरीलाई प्रहरीले हिरासतमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार कात्तिक १ गते दिउँसो, काठमाडौंको अनामनगरस्थित गिरीको कार्यालयमा पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी थिइन्। घटनामा गिरी पनि सामान्य रूपमा घाइते भएका थिए। उपचारपछि डिस्चार्ज भएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आत्मदाह प्रयास गर्नुअघि पौडेलले आफ्नो फेसबुकमा लेखेकी थिइन्, “हाँसी रहने यो मुहारभित्रको उदासिपन हरेकले कहाँ बुझ्न सक्छन् र।” उक्त पोस्ट अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा रहेको छ।

प्रहरीले घटनाबारे प्रमाण संकलनको काम जारी रहेको र अनुसन्धानपछि मात्र कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। पौडेलको निधनसँगै नेपाली संगीत क्षेत्रले प्रतिभाशाली गायिका गुमाएको भन्दै कलाकार र संगीतकर्मीहरूले दुःख व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म