होमपेज > नेपालमा बढ्यो बेरोजगारको संख्या, कति पुग्यो?

नेपालमा बढ्यो बेरोजगारको संख्या, कति पुग्यो?

बिज्ञापन

नेपालमा बेरोजगारको संख्या बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा भन्दा चालु आर्थिक वर्षमा नेपालमा ४३ हजार ६६९ जना बेरोजगार थपिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा आठ लाख ८५ हजार १५५ जना बेरोजगारहरू सूचीकृत भएका छन् । अघिल्लो आर्थिक वर्षमा आठ लाख ४१ हजार ४८६ जना बेरोजगार सूचीकृत भएका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनको लागि उक्त संख्यामा बेरोजगारहरूले आफ्नो नाम लेखाएको श्रम मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानीय तहमा रहेका श्रमिक र रोजगार सेवा केन्द्रमा बेरोजगारहरूले नाम टिपाएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म) हालसम्म एक हजार ३१२ वटा आयोजना छनोट गरिएको छ । यसवर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा ६९० जना बेरोजगार व्यक्तिहरू रोजगारीमा संलग्न भइसकेको मन्त्रालयले जनाएको छ । रोजगारीमा खटिएका व्यक्तिहरूबाट ९ हजार १६० कार्यदिन काम भएको छ ।

गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ९१ हजारभन्दा बढी बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रदान गरिएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/८० मा कुल आठ लाख ४१ हजार ४८६ जना सूचीकृत बेरोजगार भएकामा कुल ९१ हजार ५८३ जनालाई ७८ दिनको औसत रोजगारी प्रदान गरिएको थियो ।

गत आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७२० स्थानीय तहमा कुल १३ हजार ८६३ आयोजनाहरू सञ्चालन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा