होमपेज > मूर्तिकलाबाटै नाम र दाम कमाइरहेका रामबहादुर बिष्ट

मूर्तिकलाबाटै नाम र दाम कमाइरहेका रामबहादुर बिष्ट

बिज्ञापन

कञ्चनपुरको शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर बिष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुन्छन्। सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख बिष्टको बचपनादेखिकै हो।

“विद्यालय पढ्दादेखिनै मूर्ति कोर्ने रुचि थियो,” बिष्टले भने, “अरुले बनाएका मूर्तिलाई नियाल्दै बनाउन सिके, अहिले जस्तोसुकै मूर्ति पनि बनाउन सक्छु।” मूर्ति बनाएर हुने आम्दानीले परिवारको खर्च सहजरूपमा चल्दै आएको उनी बताउँछन्। “काम गर्न भ्याइ नभ्याइ छ,” उनले भने, “मासिकरूपमा रु ५० हजारदेखि ७० हजारसम्म कमाई हुन्छ।”

मूर्तिकला नै जीवन जिउने आधार बनेको बिष्ट बताउँछन्। घरको आर्थिक अवस्था कमजोर हुँदा उच्च शिक्षा हासिल गर्ने धोको पूरा गर्न नसकेकामा उनलाई पछुतो छैन। “उच्च शिक्षा पढेर सरकारी नोकरी गर्ने अभिलाषा थियो,” बिष्टले भने, “मूर्तिकलामा रमाउन थालेपछि दाम र नाम दुवै चलेपछि त्यो सबै बिर्सिए, अहिले यही पेशा प्यारो लागेको छ, पढाई पूरा गर्न नसकेको पछुतो छैन।”

नेपालका अधिकांश ठाउँबाट मूर्ति बनाउने माग आउन थालेको बिष्टले बताए। मूर्ति बनाउने तालिम भने उहाँले लिनुभएको छैन। अरुले बनाएका मूर्ति हेर्दै सिक्दै गएको उनको भनाइ छ। “काम गर्दै जाँदा सीप निखार्दै गएँ, अहिले जुनसुकै मूर्ति बनाउन दिए पनि बनाउन सक्न भएँ,” बिष्टले भने। आफूले पहिला पेन्टरको कामबाट कलाकारिता थालेको र त्यसपछि ब्यानरमा लेख्ने, चित्र कोर्ने, शिलालेखसँगै मूर्ति कोर्न थालेको उनले बताए।”

काठ, सिमेन्ट, धातु ग्रेनाइड र ढुङ्गामा शिलालेखको कार्य गरेवापत रु दुई हजार पाँच सयप्रति वर्गफिटका दरले उनले ज्याला लिन्छन्। बिष्टले मूर्ति बनाउनका लागि रु १० हजारदेखि रु ८० हजारसम्म रकम लिन्छन्। “मूर्तिको प्रकृति हेरेर रकम लिने गरेको छु,” उनले भने, “हालसम्म मझौला प्रकृतिका मूर्ति बनाउने माग आएको छ, ठूला मूर्ति बनाउने इच्छा भए पनि माग आएको छैन।”

सुदूरपश्चिमका नौ वटै जिल्लाबाट विशेष गरी मन्दिरमा राखिने मूर्ति, शिलालेख, काठका धार्मिक स्तम्भमा मूर्ति कोर्ने कार्य अधिक आउने गरेको बिष्टको भनाइ छ। मूर्ति बनाउने कार्यसँगै उनले प्रशिक्षण पनि दिँदै आएका छन्। मूर्ति बनाउने कार्यबाट आएको रकमले बिष्ट परिवारको घर खर्चसँगै छोरा छोरीलाई प्राविधिक शिक्षा पढाउन लाग्ने खर्च व्यहोरिँदै आएको छ। यस पेशाबाट आएको रकमले उनले घरघडेरी पनि जोडेका छन्।

बिष्ट भन्छन्, “यस पेशालाई अपनाएपछि खर्च अभाव भएको छैन, सबै ठाउँमा चिनिने मौका पाउँदा गौरवान्वित महशुस गर्छु, नाम र दाम दुवै पाएपछि यही पेशालाई जीवन्त राख्छु।” पैसाकै लागि विदेशिने युवालाई उनी स्वदेशमै काम गरे मान सम्मानसँगै दाम कमाउन सकिने सल्लाह दिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा