होमपेज > पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

बिज्ञापन

आज -१३ आषाढ २०८२ शुक्रबारको राशिफल

मेष

शत्रुहरू सक्रिय रहनेछन्। आत्मसम्मानमा ठेस लाग्न सक्छ। युवावर्गहरूले अवसरवादी मित्रहरूको कुरामा आएर कानुन विपरित कार्य नगर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन

आत्मविश्वास र धैर्यले नयाँ अवसर फेला पार्न सकिनेछ। पुराना रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह

व्यापार व्यवसायमा आत्तिएर निर्णय नलिनुहोला। शुभचिन्तकहरूले साथ दिए तापनि कार्यक्षेत्रमा रुकावट आउन सक्छ। आफन्तहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

तुला

व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। सामाजिक कार्यक्रमहरूमा जिम्मेवारी वहन गर्नुपर्ला। तार्किक सोचले कार्यक्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

धनु

धैर्य र पराक्रममा कमी आउनेछ। विवादास्पद चुनौतीहरूको सामना गर्नुपर्ला। आर्थिक पक्षलाई लिएर मनमा चिन्ता रहनेछ। शुभचिन्तकहरूको कुरालाई वेवस्था नगर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।

बृष

कार्यक्षेत्रमा लाभ आर्जन गर्न सकिनेछ। आकस्मिक धनलाभले मनमा कार्य गर्ने उत्साह जाग्नेछ। धैर्य र पराक्रमले आँटेका कार्य सम्पादन हुनेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

कर्कट

लगनशीलताले मानसम्मान प्राप्त गर्न सकिनेछ। करियरमा सुधार आउने संकेत छ। युवावर्गले आफ्नो लक्ष्य प्राप्तिमा ध्यान दिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

कन्या

कुनै बहुप्रतिक्षित कार्यमा सफलता मिल्नेछ। आर्थिक पक्ष राम्रो रहनेछ। अनावश्यक खर्च भएकोले किनमेल गर्दा होस् पुर्याउनुहोला। माननीय जनहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

कार्यक्षेत्रमा उत्साह बढ्दै जाँदा चुनौतीपूर्ण कार्यहरू पनि सहज लाग्नेछन्। नोकरी वा पेशामा हतार नगरी कार्य गर्नुहोला। विद्यार्थीहरूलाई नयाँ साथीहरुसँग मित्रताको अवसर मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

मकर

साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। मानसिक ऊर्जा उच्च रहनेछ। परीक्षाको परिणाम राम्रो देखिएको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मीन

सेवामुलुक कार्यबाट प्रतिष्ठा पाइनेछ। रोकिएका कार्यहरू पुनः सुचारू हुनेछन्। कानुनी पक्ष सबल हुनेछ। रचनात्मक कार्यमा जुट्नुपर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  2. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  3. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  4. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  5. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  6. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  7. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  8. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  9. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  10. १० १३ राजदूतका लागि ३ हजार आवेदन
  11. ११ हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  12. १२ नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  13. १३ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  14. १४ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  15. १५ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?