होमपेज > पूर्वअर्थमन्त्री प्रकासशरण महतद्धारा समाजवादी उन्मुख अर्थव्यवस्थाको विरोध

पूर्वअर्थमन्त्री प्रकासशरण महतद्धारा समाजवादी उन्मुख अर्थव्यवस्थाको विरोध

बिज्ञापन

पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.प्रकासशरण महतले प्रतिनिधिसभामा बोल्दै समाजवाद उन्मुख अर्थनीति र नारामुखी घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

महतले संविधानमै उल्लेख गरिएको समाजवाद उन्मुख भन्ने शब्दलाई अर्थहीन ठहर गर्दै केवल शब्दमै मोह देखाएको आरोप लगाए। उनले समाजवाद उन्मुख, सुखी नेपाली, समृद्ध नेपाल जस्ता शब्दावलीले मात्रै मुलुकको समृद्धि नआउने स्पष्ट पारे। ‘समाजवाद उन्मुख यो खाले शब्दबाट या सुखी नेपाली समृद्ध नेपालु शब्दावलीबाट केही हुनेवाला छैन’ महतले भने, ‘यो शब्दमा मात्रै हाम्रो मोह रहेको छ जस्तो लाग्छ। त्यसबाट कुनै प्रमाण आउने वाला छैन।’

उनले वास्तविक अर्थमा समृद्धि ल्याउनका लागि विनियोजन प्रणाली सही हुनुपर्नेमा जोड दिए। कुन वर्ग वा समुदायलाई सहयोगको खाँचो छ भन्ने पहिचान गरेर सामाजिक सुरक्षाका कार्यक्रमहरू लागू गर्नु जरुरी रहेको महतको भनाइ रहेको छ । महतले पुँजिगत खर्च समयमै गर्न नसकिएकोप्रति पनि चिन्ता व्यक्त गरे। उनले विदेशी ऋणको प्रयोग पनि ठिक स्थानमा हुन नसकेको औँल्याउँदै भने, ‘अब धेरै अनुदान आउने वाला छैन। अहिले विदेशीहरूको ऋण दिने मान्यतामा ह्रास आइसकेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  2. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  3. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  4. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  5. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  6. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  7. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  8. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  9. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  10. १० नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  11. ११ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  12. १२ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  13. १३ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  14. १४ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  15. १५ १३ राजदूतका लागि ३ हजार आवेदन