होमपेज > प्रधानमन्त्री ओलीसँग पूर्वप्रधानमन्त्री नेपालका १३ माग, पूरा नभए आन्दोलन गर्ने (मागपत्रसहित)

प्रधानमन्त्री ओलीसँग पूर्वप्रधानमन्त्री नेपालका १३ माग, पूरा नभए आन्दोलन गर्ने (मागपत्रसहित)

बिज्ञापन

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा सिनियर नेता हुन् । दुबैले नेकपा एमालेमा लामो समय काम गरे । १५ वर्षसम्म माधव नेपाल एमालेको शीर्ष नेतृत्वमा रहे । तर, राजनीतिमा समय एकै प्रकारको हुँदैन भन्ने कुरा बुधबारको एउटा घटनाक्रमले देखायो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेता नेपाल आफ्ना सहकर्मीका साथ बालुवाटार पुगेका थिए । भेटमा नेता नेपालले प्रधानमन्त्री ओलीलाई आफ्ना मागहरुको सूची बुझाए । भेटका क्रममा प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीका नेताहरुसँग खुलेर कुराकानी गरेका थिए । भ्रष्टाचारीहरुले देश विकासमा बाधा पुर्‍याइरहेको र आफू भ्रष्टाचारविरुद्ध लडिरहेको प्रधानमन्त्री ओलीले बताएका थिए । एकीकृत समाजवादीका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा चिया–बिस्कुटले स्वागत गरिएको थियो ।

एकीकृत समाजवादीले बुझाएको ज्ञापनपत्रबारे कुरा गर्दै प्रधानमन्त्री ओलीले आगामी बजेटबाट सम्वोधन गर्न सकिने विषयलाई सम्वोधन गरिने आश्वासन दिएका थिए । माधव नेपालले ओलीलाई बुझाएको ज्ञापनपत्रमा कृषि, उद्योग, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटन, सुशासन, पूर्वाधार विकास, सूचना प्रविधि, विदेश नीति लगायतका विषयहरु समेटिएका छन् ।

त्यसैगरी, संविधान संशोधनको माग गर्दै मागपत्रमा भनिएको छ, ‘शासकीय स्वरूप, संघीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका दश वर्षको पुनरावलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गरौँ ।’

ओली सरकारले आफ्ना मागहरु पूरा नगरे  आन्दोलनमा उत्रने एकीकृत समाजवादीका नेताहरुले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म