होमपेज > प्रतिनिधिसभा निर्वाचन: उमेदवारीमैं महिलाको सहभागिता न्यून, प्रतिनिधित्व अझै चुनौती

प्रतिनिधिसभा निर्वाचन: उमेदवारीमैं महिलाको सहभागिता न्यून, प्रतिनिधित्व अझै चुनौती

बिज्ञापन

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार (माघ ६) देशभर उमेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ सिटका लागि कुल ३४८४ जनाले उमेदवारी दर्ता गराएका छन्।

प्रारम्भिक तथ्याङ्क अनुसार, उमेदवारमध्ये ३९५ महिला, ३ हजार ८८ पुरुष र एक जना अन्य श्रेणीका उमेदवार रहेका छन्। यसले कुल उमेदवारमा महिलाको सहभागिता करिब ११ प्रतिशत मात्र रहेको देखाउँछ । यसले राष्ट्रिय राजनीतिमा पुरुषको वर्चस्व अझै कायम रहेको संकेत गर्छ।

राजनीतिक दल र स्वतन्त्रमा पनि उस्तै तस्वीर

राजनीतिक दलको तर्फबाट २ हजार २९७ जनाले उमेदवारी दर्ता गराएका छन्। यसमध्ये २३५ महिला र २ हजार ६४ पुरुष छन्। त्यसैगरी, १ हजार १८७ जनाले स्वतन्त्र उमेदवारी दिएका छन्, जसमा १६० महिला उम्मेदवार रहेका छन्।

राजनीतिक दल र स्वतन्त्र दुवै खण्डमा महिलाको संख्या सीमित देखिनुले दलभित्रै महिला सहभागिता बढाउनुपर्ने चुनौती कायमै रहेको देखिन्छ।

उमेरगत सहभागिता: मध्यम उमेर समूह अगाडि

उमेरगत रूपमा हेर्दा, २५ देखि ३५ वर्ष समूहबाट ५८३ जना, ३६ देखि ५० वर्ष समूहबाट १ हजार ६१० जना, ५१ देखि ६५ वर्ष समूहबाट १ हजार ९० जना, र ६५ वर्षमाथिका २०१ जनाले उमेदवारी दर्ता गराएका छन्। यसले प्रतिनिधिसभा निर्वाचनमा ३६ देखि ५० वर्ष उमेर समूहको सक्रियता सबैभन्दा बढी रहेको देखाउँछ।

६८ राजनीतिक दल चुनावी मैदानमा

देशभर मनोनयन दर्ता गर्ने राजनीतिक दलको संख्या ६८ वटा रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, प्रारम्भिक सूची भएकाले उमेदवारको संख्या केही थपघट हुन सक्ने छ।

महिलाको प्रतिनिधित्व अझै चुनौती

संविधानले समावेशी प्रतिनिधित्वको व्यवस्था गरे पनि प्रत्यक्ष निर्वाचनमा महिलाको उपस्थिति अझै कमजोर देखिएको छ। राजनीतिमा लैंगिक समानता सुनिश्चित गर्न दलहरूले घोषणाभन्दा व्यवहारमै महिला सहभागिता बढाउनुपर्ने आवश्यकता देखिएको छ।

फागुन २१ गते हुने निर्वाचनले यो संरचनालाई कति बदल्छ भन्ने विषयमा पनि ध्यान केन्द्रित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा