होमपेज > बाढीले बगाएको मितेरी पुल पुनर्निर्माण सम्पन्न, रसुवागढी नाका पुनः सञ्चालनमा

बाढीले बगाएको मितेरी पुल पुनर्निर्माण सम्पन्न, रसुवागढी नाका पुनः सञ्चालनमा

बिज्ञापन

गत असार २४ गते आएको भीषण बाढीले क्षतिग्रस्त बनेको रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएसँगै आइतबारदेखि रसुवागढी नाका पुनः सञ्चालनमा आउने भएको छ। चिनियाँ पक्षले शनिबार सूचना जारी गर्दै आइतबारदेखि सीमापार ढुवानीमा संलग्न चालक तथा यात्रुलाई नाकाबाट आवतजावत गर्न अनुमति दिने जनाएको हो।

सूचनाअनुसार मितेरी बेलिब्रिज पुलको निर्माण कार्य पूरा भइसकेको र प्राविधिक निरीक्षणसमेत पास भइसकेकाले अब सीमापार आवागमनका लागि कुनै अवरोध नरहने बताइएको छ। साथै सबै सम्बन्धित पक्षलाई आवश्यक तयारी पूरा गरी सवारी साधन लोडलगायतका अग्रिम व्यवस्था गर्न आग्रह गरिएको छ।

जनवरी १ देखि भन्सार निरीक्षणपछि मात्र आवागमन

चिनियाँ पक्षका अनुसार आगामी जनवरी १ देखि भित्रिने तथा बाहिरिने सबै सवारी साधनको भन्सार कार्यालयबाट निरीक्षण गरी मात्रै आवागमन अनुमति दिइनेछ। सो अवधिमा एकतर्फी पालैपालो आवागमन प्रणाली कडाइका साथ लागू गरिने सूचनामा उल्लेख छ।

सडक मर्मतका कारण आधा दिन मात्र सञ्चालन

जी२१६ सीमा क्षेत्रमा सडक कालोपत्रेको काम भइरहेकाले जनवरी १ देखि अर्को वर्षको जनवरी ८ सम्म नाका आधा दिन मात्र सञ्चालन हुने भएको छ। यस अवधिमा चिनियाँ समयअनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै आवागमन खुला रहने र बाँकी समयमा दुवै तर्फबाट सवारी आवागमन नियन्त्रण गरिने बताइएको छ।

२०७६ देखि सञ्चालनमा आएको पुल बाढीले बगाएको थियो

२०७६ साल जेठदेखि सञ्चालनमा आएको मितेरी पुल गत असार २४ को बाढीले बगाएपछि नेपाल-चीनबीचको महत्वपूर्ण सडक सम्पर्क पूर्ण रूपमा बिच्छेद भएको थियो। उक्त पुल चिनियाँ लगानीमा निर्माण भएको हो।

नाका पुनः सञ्चालनमा आएपछि रसुवागढी नाकामार्फत हुने व्यापार, ढुवानी तथा स्थानीय आवागमन पुनर्जीवित हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  2. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  3. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  4. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  5. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  6. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  7. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  8. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  9. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  10. १० सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  11. ११ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  12. १२ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  13. १३ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  14. १४ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  15. १५ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models