होमपेज > रास्वपा–बालेनबीच सात बुँदे ऐतिहासिक सहमति, ‘भावी प्रधानमन्त्री’को उम्मेदवारमा बालेन्द्र शाह

रास्वपा–बालेनबीच सात बुँदे ऐतिहासिक सहमति, ‘भावी प्रधानमन्त्री’को उम्मेदवारमा बालेन्द्र शाह

बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीच विभिन्न राजनीतिक विषयमा सात बुँदे सहमति भएको छ। लगातार तीन दिनसम्म चलेको करिब ४८ घण्टाको छलफलपछि आज बिहान ४ बजे सहमतिमा हस्ताक्षर भएको हो।

सहमति पत्रमा रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने नै रहने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने स्पष्ट रूपमा उल्लेख गरिएको छ। सहमतिपत्रको चौथो बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।’

सहमति पत्रमा रवि लामिछाने र बालेन्द्र शाह दुवैले हस्ताक्षर गरेका छन्।

भ्रष्टाचारविरुद्धको आन्दोलनलाई राजनीतिक रूपान्तरण

सार्वजनिक विवरणअनुसार नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गर्दै आएको आन्दोलनलाई संस्थागत गर्दै त्यस क्रममा घाइते भएका तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने विषय पनि सहमतिमा समावेश गरिएको छ।

त्यस्तै, सहमतिपछि पनि पार्टीको नाम, चुनाव चिह्न र पार्टी कार्यालय ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। संगठनात्मक संरचनामा युवाको उल्लेख्य सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि सहमतिमा राखिएको छ।

४८ घण्टाको छलफलपछि निष्कर्ष

यस सहमतिका अभियान्ता केपी खनालका अनुसार सात बुँदे सहमतिका लागि करिब ४८ घण्टाको अनवरत छलफल भएको हो। उनले भने, ‘४८ घण्टाको खटाईपछि बिहान ४ बजे नेपालमा नयाँ युवा युगको सुरुवातका लागि अब घन्टी बज्दैछ – रास्वपाबाट भावी प्रधानमन्त्री बालेन शाह।’

छलफलका सुरुवातकर्ता तथा रास्वपाका निवर्तमान सांसद असिम शाहले यस सहमतिलाई ‘नयाँ शुरुवात’ को संज्ञा दिएका छन्। आफ्नै निवासमा भएको प्रारम्भिक छलफलले बालेन र रविबीच सहमतिका ढोका खोलेको उल्लेख गर्दै उनले सहमतिपत्रका तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘शुभ बिहानी – नयाँ शुरुवात।’

यस सहमतिलाई नेपाली राजनीतिमा युवाको निर्णायक हस्तक्षेपको संकेतका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  2. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  3. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  4. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  5. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  6. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  7. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  8. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  9. सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  10. १० वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  11. ११ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  12. १२ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  13. १३ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  14. १४ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models
  15. १५ सक्कली बिल लिने उपभोक्तालाई १० लाखसम्म उपहार