होमपेज > मतदातासँग भेटघाटमा व्यस्त बालेन

मतदातासँग भेटघाटमा व्यस्त बालेन

बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पूर्वी जिल्लामा चुनावी दौडधुपमा छन् । आज  बिहान झापाबाट इलाम पुगेर बालेनले आफ्ना पार्टीका उमेदवारसँग छलफल र कार्यकर्तासित भेटघाट गरेका छन् । रास्वपाले इलाम क्षेत्र नम्बर–१ मा विमल गदाल र २ मा गोकुलबहादुर राई चुनावी मैदानमा उतारेका छन् ।

“वरिष्ठ नेता (बालेन) ले मतदाता, समर्थकहरूसँग भेटघाट, उहाँहरूका समस्या सुन्ने काम गरिरहनुभएको छ । सोही क्रममा आज इलाम पुगेका थियौँ । अब ताप्लेजुङ, पाथीभरा हुँदै धनकुटा पनि पुग्ने कार्यक्रम छ,” बालेनका सल्लाहकार कुमार व्यञ्जनकारले बताएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति बालेन झापा–५ बाट उमेदवार बनेका छन् । सोही क्षेत्रबाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत उमेदवार प्रतिस्पर्धामा छन् । पूर्वका अरू जिल्लामा भेटघाट सकाएर बालेन पुनः झापा पुग्नेछन् । झापामा केही दिन बिताएर उनी काठमाडौं फर्किने बालेन टिमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  2. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  3. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  4. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  5. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  6. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  7. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  8. १३ राजदूतका लागि ३ हजार आवेदन
  9. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  10. १० नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  11. ११ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  12. १२ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  13. १३ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  14. १४ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  15. १५ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न