होमपेज > यस्ता छन् कालो चना खानुका फाइदाहरु

यस्ता छन् कालो चना खानुका फाइदाहरु

बिज्ञापन

चना त हामी सबैले खाएकै छौं । चनाको छोले होस् अथवा चनाको दाल अथवा चनाको वेसनबाट बनेका परिकार नै किन नहुन्, हामीले प्रायः खाइरहेकै हुन्छौं । तर, के तपाईंको डाइटमा कालो चना समावेश छ त? हजुर, भिटामिनहरुको खजाना हो कालो चना ।

यो रेसादार हुन्छ, भिटामिनको साथै खनिजहरुले भरिपूर्ण हुन्छ र यसमा चिल्लोपना कम मात्रामा हुन्छ । यसलाई डाइटमा समावेश गर्नु तपाईंको स्वास्थ्यका लागि निकै नै फाइदाजनक सावित हुनेछ । कालो चना खानुका लाभ झन् धेरै छन् । तर समस्या के छ भने हामीमध्ये धेरैले चना कमै खान्छौँ । यसको नियमित सेवनले कयौँ बिमारीहरूबाट बच्च मद्दत गर्छ ।

यसको सेवन कयौँ तरिकाले गर्न सकिन्छ । चना भिजाएर टुसा उमारेर खाँदा सबैभन्दा धेरै फाइदा पाउन सकिन्छ । बिहान बिहान टुसा उमारिएको चना खाँदा तौल, सुगर, कोलेस्ट्रोल जस्ता धेरै रोगबाट टाढा रहन सकिन्छ ।

मधुमेहका रोगीलाई कार्बोहाइड्रेटको मात्रा धेरै हुने चीजहरू खान निषेध गरिएको छ । चनामा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ । यसबाहेक यसमा प्रशस्त मात्रामा फाइबर पनि हुन्छ । त्यसैले यसको सेवनले शरीरमा चिनीको मात्रा बढ्न दिँदैन । अन्य कुनै चिजबाट शरीरमा चिनी प्रवेश गरिहाल्यो भने पनि तुरुन्तै पचाउनबाट रोक्छ र शरीरमा चिनीको मात्रा एकाएक बढ्दैन ।

-चना खानुका फाइदा:

१-शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन

चनामा प्रशस्त मात्रामा प्रोटिन हुन्छ यसको नियमित सेवनले शरीरमा शक्ति प्रदान गर्छ ।
चनामा भरपुर मात्रामा आइरन हुन्छ जसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढउनमा मद्दत गर्छ र शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन मद्दत गर्छ । चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियमलगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छन् ।

२-तरकारीको रुपमा:

चनालाई तरकारीको रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ । अंकुरित चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ । रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।

३-पाचन शक्तिलाई क्रियाशील बनाउन

चनाको नियमित सेवन गर्नाले शरीरमा पाचन शक्तिलाई क्रियाशील बनाउन मद्दत गर्छ । चनामा प्रशस्त मात्रामा पोषक तत्व पाइनुका साथै यसमा भरपुर मात्रामा आइरन, सोडियम तथा सेलेनियम पाउन सकिन्छ। चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म