होमपेज > यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

बिज्ञापन

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३९ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९० पैसा र बिक्रीदर ८५ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७२ पैसा र बिक्रीदर आठ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ। केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७० पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा निर्धारण भएको छ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १२ रुपैयाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा तोकिएको छ। राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपैयाँ ०२ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ५८ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म