होमपेज > योयो प्लाइउड बन्द, ६ सयभन्दा बढी मजदुर बेरोजगार

योयो प्लाइउड बन्द, ६ सयभन्दा बढी मजदुर बेरोजगार

बिज्ञापन

बाँके कोहलपुर नगरपालिका१४ स्थित योयो प्लाइउड इन्डष्ट्रिज प्रालि तीन महिनादेखि ठप्प भएपछि उद्योगमा कार्यरत ६ सयभन्दा बढी मजदुर बेरोजगार भएका छन्। ‘अखिल नेपाल औद्योगिक मजदुर संघ’का नाममा गरिएको आन्दोलनका कारण उद्योग बन्द गर्नुपरेको व्यवस्थापनको दाबी छ। रोजगारी गुमेपछि मजदुरहरू अहिले रोजगार सुरक्षित गरिदिन माग गर्दै नेपालगञ्जस्थित श्रम तथा रोजगार कार्यालय धाउने गरेका छन्।

उद्योगमा ट्रेड युनियन गठनपछि मजदुरहरू दुई खेमामा विभाजित छन्। कोहलपुर१५ निवासी मजदुर शोभाराम यादवका अनुसार ट्रेड युनियनका नाममा गरिएको आन्दोलनकै कारण ठूलो संख्यामा मजदुर बेरोजगार हुनुपरेको छ। केही मजदुरले भने आफूहरूको सहमतिबिना तथा उद्योगमा कार्यरत नै नरहेका व्यक्तिको नाम समावेश गरी फर्जी रूपमा युनियन गठन गरिएको भन्दै त्यसको खारेजीका लागि श्रम कार्यालयमा निवेदन दिएका छन्। खारेजी माग गर्ने मजदुरलाई युनियन नेताबाट धम्की र डरत्रास समेत दिइने गरेको उनकै आरोप छ।

कोहलपुर६ निवासी मजदुर गीता थारु भन्छिन्, “हामीलाई संगठनभन्दा पनि रोजगारी चाहिएको हो। आन्दोलनका कारण दुई महिनादेखि हाम्रो काम ठप्प छ।”

उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले ट्रेड युनियन नेतृत्व लिने धेरैजना उद्योगमा कार्यरत नै नरहेको दाबी गर्दै फर्जी नामसहितको निवेदन प्रमाणीकरण नै नगरी श्रम कार्यालयले प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ता गरेको आरोप लगाए। उनका अनुसार उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा दैनिक करिब रु ५ लाख घाटा व्यहोर्नुपरेको थियो। थप अवरोध र खाता रोक्का भएपछि उद्योग बन्द गर्न बाध्य भएको उनको भनाइ छ।

“हामी सरकारले तोकेको मापदण्डअनुसारै पारिश्रमिक दिँदै आएका छौं,” श्रेष्ठले भने, “अहिले उद्योग घाटामा भएकाले तुरुन्तै पारिश्रमिक वृद्धि र बोनस दिन सक्ने अवस्था छैन। तर परिस्थिति सुध्रिएपछि सुविधा बढाउने योजना छ।” उद्योग बन्द हुँदा अहिले दैनिक १० लाखभन्दा बढी घाटा भइरहेको पनि उनले बताए।

श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका प्रमुख पिन्टुकुमार रजकले मजदुरहरू विभाजित भएको पुष्टि गर्दै उचित पारिश्रमिक नपाएको भन्दै परेको उजुरीका आधारमा उद्योगको खाता रोक्का गरिएको बताए। उनका अनुसार उद्योग र मजदुर दुबै पक्षले उद्योग सञ्चालनको वातावरण बनाउन माग गरिरहेका छन्।

“सबै पक्षको माग र कानुनअनुसार प्रक्रिया अघि बढाउन छलफल भइरहेको छ,” रजकले भने। ट्रेड युनियन दर्ता विषयमा उनले दर्ताका लागि आएको निवेदन तथा मजदुरको हस्ताक्षरकै आधारमा प्रक्रिया पूरा गरिएको स्पष्ट गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  2. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  3. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  4. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  5. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  6. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  7. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  8. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  9. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  10. १० नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  11. ११ नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  12. १२ नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  13. १३ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  14. १४ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  15. १५ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै