होमपेज > रवि पक्राउपछि रास्वपाले गरेको चार निर्णय

रवि पक्राउपछि रास्वपाले गरेको चार निर्णय

बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले विभिन्न चार निर्णय गरेको छ।

शुक्रबार राति लामिछाने घरबाटै पक्राउ परेपछि भर्चुअल माध्यमबाट बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले अदालतको आदेशको सम्मान गर्न र अर्को तह र ढोकामा न्यायका लागि अघि बढ्ने निर्णय गरेको छ। त्यस्तै पक्राउ पुर्जी नै नलिइ प्रहरीहरू सभापतिको घर पुगेको र ‘बेडरूमभित्र बसेर’ पक्राउ पुर्जी लेखेको भन्दै त्यसको विरोध जनाउने निर्णय गरेको छ।

‘विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन। नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर(संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्ने,’ निर्णयमा भनिएको छ। रास्वपाले शनिबार चितनवमा जनयात्रा गर्ने कार्यक्रम यसअघि नै तय भएको थियो। सो जनयात्रा कार्यक्रमलाई सभापति लामिछानेकै निर्देशनअनुसार कार्यक्रम सफल पार्ने निर्णय पनि गरेको छ।

सभालाई शान्तिपूर्ण बनाउन तथा सम्भावित घुसपैठ, चलखेल र बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ। बैठकले सभापति लामिछानेले उपसभापति डोलप्रसाद ९डिपी० अर्याललाई कार्यवाहक तोकेको र त्यसलाई अनुमोदन गर्ने निर्णय गरेको छ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।

-यो पनि पढ्नुहोस् :

पक्राउ पर्नु अघि भावुक बन्दै यस्तो भनेका थिए रविले-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म