होमपेज > राष्ट्रिय वाणिज्य बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न

बिज्ञापन

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा मंगलबार काठमाडौँमा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्तिलगायतका विभिन्न प्रस्तावहरू पारित गरेको छ ।

साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बैंकले संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै व्यवसाय विस्तार गरिरहेको बताए । उनले बैंकिङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धालाई मध्यनजर गर्दै समयसापेक्ष सेवा तथा प्रविधिमा आधारित बैंकिङ समाधानमार्फत ग्राहकलाई गुणस्तरीय सेवा प्रवाह गर्न बैंक निरन्तर सक्रिय रहेको उल्लेख गरे । आन्तरिक नीति, नियम, निर्देशिका तथा कार्यविधिमा आवश्यक परिमार्जन गर्दै बैंकको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्ने दिशामा काम भइरहेको उनको भनाइ थियो ।

सभामा बैंकका प्रमुख शेयरधनी निकायहरू—नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, कम्पनी रजिस्ट्रार कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधिहरू तथा सर्वसाधारण शेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सभामा शेयरधनीहरूले अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि टिप्पणी गर्दै बैंक सुधारका लागि विभिन्न सुझावसमेत राखेका थिए, जसको जवाफ अध्यक्ष ढकालले दिएका थिए।

कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू, स्वतन्त्र सञ्चालक, बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरू, उपकार्यकारी अधिकृतहरू, बाह्य लेखापरीक्षक, कानुनी सल्लाहकार, कर्मचारी युनियनका प्रतिनिधि तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो । साधारण सभाको सञ्चालन कम्पनी सचिव प्रमोद अधिकारीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  2. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  3. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  4. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  5. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  6. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  7. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  8. १३ राजदूतका लागि ३ हजार आवेदन
  9. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  10. १० नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  11. ११ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  12. १२ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  13. १३ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  14. १४ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  15. १५ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न