नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंक (आरबीआई) को साझा समन्वय संयन्त्र ‘Joint Technical Coordination Committee (JTCC)’ को नवौँ बैठक काठमाडौंमा सकियो ।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेल
मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोकारका विषयमा परिणाममुखी संवाद र तिनलाई प्राविधिक रूपमा समाधानका लागि उक्त संयन्त्र प्रभावकारी छ । मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन, नियमन, सुपरिवेक्षण र भुक्तानी प्रणालीका उत्कृष्ट अभ्यासको आदानप्रदान, प्राविधिक क्षमता अभिवृद्धि र नीति तर्जुमाको प्रभावकारिताको सन्दर्भमा ‘जेटीसीसी’ महइभ्वपूर्ण मञ्चको रूपमा स्थापित छ ।
आगामी दिनमा उक्त मञ्चमार्फत दुई केन्द्रीय बैंकबीचको संस्थागत सम्बन्ध र प्राविधिक सहयोगको आदान प्रदान थप सघन बन्नेछ ।
भारतीय रिजर्व बैंकका कार्यकारी निर्देशक एवम् ‘जेटीसीसी’ संयोजक अर्णबकुमार चौधरीः
संयन्त्र स्थापना भएयता मुद्रा व्यवस्थापन, वैदेशिक व्यापार र भुक्तानी कारोबारको सहजीकरण, वित्तीय समावेशीकरणको प्रवद्र्धनका सन्दर्भमा फलदायी अभ्यासहरू कार्यान्वयनमा आएको छ ।
‘जेटीसीसी’मार्फत दुई केन्द्रीय बैंकको पारस्परिक सहकार्य र समन्वय आगामी दिनमा थप सबल हुने विश्वास लिएको छु । संयन्त्रलाई आगामी दिनमा सार्थक र परिणाममुखी बनाउनुपर्नेछ । बैठकको दोस्रो सत्रमा दुवै केन्द्रीय बैंकका ‘जेटीसीसी’सम्बद्ध अधिकारीहरूबीच द्विपक्षीय सरोकारका विभिन्न एजेण्डामा छलफल । सो अवसरमा नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबारको सहजीकरण र अन्य समसामयिक विषयमा छलफल भएको थियो ।
१. यसै गरी, मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन लगायतका विषयमा आरबीआईले गरेका असल नीतिगत अभ्यासलाई अवलम्बन गर्न सकिने सम्भावनाबारे छलफल
२. बैठकमा राष्ट्र बैंकका तर्फबाट कार्यकारी निर्देशकहरू रेवतीप्रसाद नेपाल, विश्रुत थापा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. रामशरण खरेल, डा. डिल्लीराम पोख्रेल, निश्चल अधिकारीलगायतको सहभागिता ।
३. आरबीआईका तर्फबाट कार्यकारी निर्देशक चौधरीसँगै महाप्रबन्धकद्वय लथा राधाकृष्णन र सास्वतकुमार महापात्र र प्रबन्धक अपर्णा वकिलको सहभागिता ।
४. बैठकपश्चात् कार्यकारी निर्देशक चौधरी र महाप्रबन्धक महापात्रले क्रमशः भारतीय अर्थतन्त्रको समष्टिगत स्थिति र भारतमा भुक्तानी प्रणालीको विकासक्रमका विषयमा प्रस्तुति ।
बैंकिङ तथा वित्तीय प्रणालीका द्विपक्षीय सरोकारका विषयमा सहकार्य र समन्वय गर्ने तथा विभिन्न विषयमा रहेका समस्यालाई सुल्झाउनका निम्ति यस्तो समन्वयात्मक संयन्त्र तयार गर्ने क्रममा १३ मे, २०१६ मा ‘Joint Technical Coordination Committee (JTCC)’ को गठन भएको हो ।

