होमपेज > रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

बिज्ञापन

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री आवेदन खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता साधारण सेयर निष्कासन गरेको हो।

कम्पनीले कुल ११ लाख ५५ हजार ८६० कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्न लागेकोमा त्यसको ५ प्रतिशत (५७ हजार ७८८ कित्ता) सामूहिक लगानी कोषहरूलाई बाँडफाँड भइसकेको छ। यस्तै, १० प्रतिशत (१ लाख १५ हजार ५४६ कित्ता) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएकोमा सोको प्रि-अलोटमेन्ट सम्पन्न भइसकेको छ। साथै, ५ प्रतिशत (५७ हजार ७८८ कित्ता) कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन पाइनेछ।

यो आईपीओको आवेदन छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गते बन्द हुने जनाइएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

यसअघि कम्पनीले गत मंसिर २२ गतेदेखि पहिलो चरणअन्तर्गत उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिसकेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  2. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  3. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  4. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  5. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  6. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  7. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  8. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  9. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  10. १० विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  11. ११ नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  12. १२ नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  13. १३ नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  14. १४ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  15. १५ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने