होमपेज > लाभांशपछि पनि उस्तै मूल्यमा सेयर बेच्न सकिने दुर्लभ अवसर : नेपाल हाइड्रो र जीवन विकास

लाभांशपछि पनि उस्तै मूल्यमा सेयर बेच्न सकिने दुर्लभ अवसर : नेपाल हाइड्रो र जीवन विकास

बिज्ञापन

गत साता लाभांशपछि गरिएको मूल्य समायोजनका कारण नेसनल लघुवित्त, कालिका लघुवित्त, नेपाल हाइड्रो डेभलपर, प्राइम कमर्सियल बैंक र जीवन विकास लघुवित्तजस्ता कम्पनीका सेयर मूल्य ८.६५ प्रतिशतदेखि १३.२१ प्रतिशतसम्म घटे। तर यीमध्ये दुई कम्पनी(नेपाल हाइड्रो डेभलपर र जीवन विकास लघुवित्त) यस्ता छन्, जसको सेयर मूल्य लाभांश समायोजनपछि पनि करिब करिब लाभांशअघि कै स्तरमा फर्किएको देखिन्छ।

यसले गर्दा यी कम्पनीका लगानीकर्ताले बोनस सेयरसमेत पाउने र लगभग उही मूल्यमा सेयर बिक्री गर्न सक्ने दुर्लभ अवस्था बनेको छ।

नेपाल हाइड्रो : बोनस सेयर चोखो नाफा

नेपाल हाइड्रो डेभलपरले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो। पुस ६ गतेसम्म सेयर स्वामित्व भएकाले लाभांश पाएका हुन्। सो दिन कम्पनीको सेयर मूल्य ७२७ देखि ७७३ रुपैयाँसम्म कारोबार भएको थियो।

पुस ७ गते मूल्य समायोजन भई ६८३ रुपैयाँबाट कारोबार सुरु भएको सेयर केही दिनमै ७९६ रुपैयाँसम्म पुगेको थियो। गत बिहीबारसम्म आइपुग्दा सेयर ६९४ रुपैयाँसम्म पुगेको र बजार बन्द हुँदा ६६६ रुपैयाँमा कायम भएको थियो। यसरी हेर्दा पुस ६ मा सेयर खरिद गरेका लगानीकर्ताले बिहीबार सेयर बिक्री गर्दा पनि ९ प्रतिशत बोनस सेयर चोखो नाफा हुने अवस्था बनेको छ।

विगत पाँच वर्षमा नेपाल हाइड्रोले औसत ७.५३ प्रतिशत लाभांश वितरण गर्दै आएको छ। कम्पनीले २०७४ सालमा सर्वसाधारणमा आईपीओ जारी गरेको हो। हाल यसको ३.५२ मेगावाट क्षमताको चर्नावती आयोजना सञ्चालनमा छ भने ६.८ मेगावाटको तल्लो चर्नावती आयोजना विकासको चरणमा छ। सीमित सेयर आपूर्तिका कारण यसको बजार मूल्य उच्च रहँदै आएको देखिन्छ।

जीवन विकास लघुवित्त : मूल्य फर्कंदै, क्षमता अझै बलियो

जीवन विकास लघुवित्तले मंसिर २६ गते १४.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। पुस ७ गते यसको सेयर मूल्य समायोजन भई १३८५ रुपैयाँसम्म झरेको थियो। पुस २२ गते भने सेयर मूल्य पुनः १४५६ रुपैयाँसम्म पुगेको थियो।

कम्पनीले १४ प्रतिशत बोनस सेयर दिएको हुँदा १०० कित्ता सेयर हुनेले १४ कित्ता बोनस सेयर पाएका छन्। समायोजनपछि मूल्य घटे पनि केही दिनमै पुरानै तहमा फर्किएकाले यसका लगानीकर्ताले पनि बोनस सेयर चोखो नाफाका रूपमा पाउने अवस्था बनेको छ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा जीवन विकासको खुद ब्याज आम्दानी ४४ करोडबाट बढेर ५५ करोड रुपैयाँ पुगेको छ भने नाफा ९ करोडबाट बढेर १४ करोड रुपैयाँ पुगेको छ। प्रति सेयर आम्दानी ३७ रुपैयाँ ९८ पैसा र नेटवर्थ २९३ रुपैयाँ छ, जसले कम्पनीको वित्तीय स्थिति सबल रहेको देखाउँछ।

लाभांशपछि सेयर मूल्य घट्नु स्वाभाविक मानिन्छ। तर नेपाल हाइड्रो र जीवन विकास लघुवित्तजस्ता केही कम्पनीमा मूल्य पुनः उस्तै तहमा फर्कनु भने लगानीकर्ताका लागि आकर्षक अवसर बनेको छ। यस्तो अवस्थामा लाभांशसमेत हात पार्दै सेयर करिब उही मूल्यमा बिक्री गर्न सकिने भएकाले यी कम्पनीहरू पछिल्लो साता बजारका चर्चित उदाहरण बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  2. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  3. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  4. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  5. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  6. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  7. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  8. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  9. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  10. १० नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  11. ११ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  12. १२ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  13. १३ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  14. १४ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  15. १५ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो