होमपेज > लुयान इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार नगद छुट

लुयान इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार नगद छुट

बिज्ञापन

नेपालको लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयान नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत, लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकलाई रु. १५,००० को नगद छुट, एक वर्षको सवारी कर, बाइक कभर, टी–शर्ट, र हेलमेट निःशुल्क प्रदान गरिनेछ ।यो अफर भने नगदमा खरिद गर्ने ग्राहकमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।साथै, ग्राहकहरूको सुविधाको लागि एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ, जसअनुसार ग्राहकहरूले पुरानो स्कुटर साटेर नयाँ लुयान स्कुटर सहज किस्तामा लिन सक्नेछन् ।

लुयान नेपालले काठमाडौंभित्र १७ स्थानमा सर्विस सेन्टर तथा चार्जिङ पोइन्ट सञ्चालन गरिरहेको छ । यो भनेको नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्ड मध्ये सबैभन्दा धेरै हो । जसले गर्दा ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा उपलब्ध भइरहेको छ । साथै, नेपालभरका १३ प्रमुख शहरहरूमा लुयानको डिलर नेटवर्क रहेको छ ।

नेपालमा सबैभन्दा सस्तो, भरपर्दो, र सर्वसुलभ इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा लुयान चिनिँदै आएको छ । राम्रो तान्ने क्षमता, आयल कुल्ड मोटर, र कम मर्मत खर्चका कारण लुयान स्कुटरहरू नेपाली ग्राहकहरूका लागि पहिलो रोजाइ बन्दै गएका छन् ।

लुयानको एमएनके ३ र एस ९० अहिलेको बढी बिक्री भइरहेको मोडेलहरु हो । एमएनके३ को छुटपछिको मूल्य १ लाख ७७ हजार ६ सय र एस ९० को मूल्य २ लाख १ सय मात्र रहेको छ । नयाँ वर्षको सुरुवातलाई अझ विशेष बनाउन लुयान नेपालको यो अफर आगामी वैशाख मसान्त सम्मका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म