होमपेज > वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकको कति? (हेर्नुहोस् भिडियो)

वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकको कति? (हेर्नुहोस् भिडियो)

बिज्ञापन

बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति व्यवस्थापन नै गर्न नसक्ने गरी बढेको छ। समयमै असुल हुन नसकेको कर्जाको धितो लिलामीमार्फत बिक्री नभएपछि बैंकहरूले उक्त सम्पत्ति आफैँ सकार्न बाध्य हुन्छन्। यही कारण गैरबैंकिङ सम्पत्ति निरन्तर बढ्दै जाँदा बैंकहरू थप दबाबमा परेका छन्।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ७९.८९ प्रतिशतले बढेको हो। राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३५ अर्ब ८२ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

यो रकम गत आर्थिक वर्षको सोहि अवधिमा १९ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ रहेको थियो।

-सबैभन्दा धेरै कुन बैंकको?

गैरबैंकिङ सम्पत्ति धेरै हुने वाणिज्य बैंकमा ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक र नबिल बैंकसँग सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति रहेको छ।

ग्लोबल आइएमई बैंक – १६८ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड १८ लाख रुपैयाँ

हिमालयन बैंक – ४ अर्ब ४८ करोड ७२ लाख

एनआईसी एशिया बैंक- ४ अर्ब ११ करोड

नबिल बैंकको- ३ अर्ब ६६ करोड,

-अन्य कुन बैंकको कति?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५६ प्रतिशतले बढेर ३ अर्ब १० करोड, कुमारी बैंकको ५० प्रतिशतले बढेर २ अर्ब ६५ करोड र प्राइम बैंकको २ प्रतिशतले घटेर २ अर्ब २ करोड रुपैयाँ रहेको छ।

चालु आवको माघ मसान्तसम्ममा लक्ष्मी सनराइजको १३ प्रतिशतले बढेर १ अर्ब ६० करोड, प्रभु बैंकको १२९ प्रतिशतले बढेर १ अर्ब २५ करोड, एनएमबि बैंकको ४५ प्रतिशतले बढेर १ अर्ब १५ करोड, सिटिजन्स बैंकको २५१ प्रतिशतले बढेर १ अर्ब ५ करोड, कृषि विकास बैंकको ३०३ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ गैरबैंकिङ सम्पत्ति पुगेको छ।

अन्य ७ बैंकको गैरबैंकिङ सम्पत्ति भने १ अर्ब तल रहेको छ।

-हेर्नुहोस् भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा