होमपेज > नेपाल एयरलाइन्स किन घाटामा: प्रभु साह

नेपाल एयरलाइन्स किन घाटामा: प्रभु साह

बिज्ञापन

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल एयरलाइन्स घाटामा हुनुको कारण बारे सरकारसँग प्रश्न सोधेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले अरू एयरलाइन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो भनेर प्रश्न गरेका हुन्।

‘अरू एयरलाइन्सले नाफा गर्ने तर सरकारको नेपाल वायु सेवा निगम घाटामा जाने, नेपाल एयरलाइन्सले आफ्नो जहाज उडाउनै सकेको छैन। वर्षौँदेखि ती जहाजहरू थन्काइएको छ। आन्तरिक उडानका लागि भनेर चीनबाट ल्याइएका पाँच वटा जहाज थन्काएर राखिएको छ। ती जहाजलाई कि उडाउनुपर्‍यो, कि व्यवस्थापन गर्नुपर्‍यो । यत्तिकै ती जहाज थन्काएर सरकारले के सन्देश दिन खोजेको हो?’, साहले प्रश्न गरे।

अहिले नेपाल वायु सेवा निगमले कि त जहाज नै नउडाउने र उडाइएपनि फूल फेजमा नउडाएको साहको आरोप छ। उनले नेपाल एयरलाइन्सले जहाज उडाउनै पर्‍यो भनेपनि यात्रु नपाउने (चाप नभएको) ठाउँबाट उडाउने गरेको भन्दै आलोचना गरे।

उनले यसबारे सरकारको पोजिसन के हो भनेर प्रश्न सोधे। ‘यो सरकार कता हो रु एयरलाइन्स डुबाउन चाहेको हो कि बढाउन चाहेको रु नेपाल वायु सेवा निगमबाट फाइदा लिन चाहेको हो कि यसलाई बिक्री गरेर निजी वायुसेवा कम्पनीहरूबाट लाभ लिन चाहेको हो?’, आजपा अध्यक्ष साहले प्रश्न गरे। उनले नेपाल वायु सेवा निगमले अहिले अन्तर्राष्ट्रिय फ्लाइटमा जम्मा चार वटा जहाजमार्फत उडान भरेको सुनाए। तर, वायु सेवा निगमसँग १५ सय कर्मचारी रहेको तथ्याङ्क पेस गरे।

साथै उनले नेपाल एयरलाइन्सलाई युरोपियन युनियनले कालोसूचीमा राखेकोमा त्यसबारेमा सरकारले के गरिरहेको छ भन्ने बारेमा जवाफ माग गरे।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म