होमपेज > वाणिज्य बैंकहरूको नाफा करिब १५ प्रतिशतले घट्यो

वाणिज्य बैंकहरूको नाफा करिब १५ प्रतिशतले घट्यो

बजारमा सुस्तता र अधिक तरलताको असर

बिज्ञापन

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वाणिज्य बैंकहरूको नाफा उल्लेख्य रूपमा घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पाँच महिनासम्म वाणिज्य बैंकहरूले २५ अर्ब ७२ करोड ७ लाख रुपैयाँ नाफा कमाएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १४.९५ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको यही अवधिमा वाणिज्य बैंकहरूले ३० अर्ब २४ करोड ८ लाख रुपैयाँ नाफा कमाएका थिए । तर चालु आवमा आइपुग्दा २० वटा वाणिज्य बैंकमध्ये केवल ६ बैंकको नाफा मात्र वृद्धि भएको छ भने बाँकी १४ बैंकको नाफा घट्न पुगेको छ ।

विशेषतः जेनजी आन्दोलनपश्चात् बजारमा देखिएको सुस्तता र अधिक तरलताको अवस्थाले बैंकहरूको नाफामा संकुचन ल्याएको विश्लेषण गरिएको छ । घट्दो ब्याजदर, उद्योग–व्यवसाय, रियल स्टेट तथा सेयर कारोबारमा आएको मन्दीका कारण कर्जाको माग उल्लेख्य रूपमा बढ्न नसक्दा बैंकहरूको आम्दानीमा प्रत्यक्ष असर परेको देखिन्छ ।

बजारमा अधिक तरलता रहे पनि कर्जा विस्तार हुन नसक्दा ब्याजदरमा गिरावट आएको छ । यससँगै कर्जा असुलीमा समेत समस्या देखिन थालेपछि खराब कर्जा बढ्दै गएको छ, जसले बैंकहरूको नाफामा थप दबाब सिर्जना गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

नाफा सबैभन्दा धेरै घट्ने बैंकमा सिटिजन्स बैंक अग्रस्थानमा रहेको छ । बैंकको नाफा गत वर्षको तुलनामा ६४.९२ प्रतिशतले घटेको छ । समग्रमा, आर्थिक गतिविधिमा आएको सुस्तता, घट्दो ब्याजदर र कर्जाको माग कमजोर बन्दै जाँदा वाणिज्य बैंकहरूको नाफा चालु आवमा चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  2. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  3. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  4. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  5. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  6. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  7. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  8. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  9. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  10. १० विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  11. ११ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  12. १२ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  13. १३ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  14. १४ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  15. १५ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?