होमपेज > विष्णु पौडेलमाथि अनुसन्धान गर्न थप ६ दिन म्याद

विष्णु पौडेलमाथि अनुसन्धान गर्न थप ६ दिन म्याद

बिज्ञापन

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा अनुसन्धानमा रहेका नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि अनुसन्धान गर्न विशेष अदालतले थप ६ दिन म्याद दिएको छ।

बिहीबार विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि तेस्रोपटक ६ दिन म्याद थप गरेको अदालत प्रशासनले जनाएको छ।

अदालतद्वारा जारी सूचनामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा पक्राउ परेका पौडेललाई अनुसन्धान प्रयोजनका लागि थप ६ दिन हिरासतमा राख्न अनुमति दिइएको उल्लेख छ।

यसअघि विशेष अदालतले पहिलोपटक सात दिन र त्यसपछि असार १५ गते थप तीन दिन म्याद दिएको थियो। हाल पौडेल ललितपुरको सानेस्थित प्रहरी हिरासतमा छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका पौडेलमाथि थप अनुसन्धान गरिरहेको छ।

अनुसन्धानका क्रममा श्रीराम टोबाको प्रालिको २० प्रतिशत सेयर हिमालयन एसेट म्यानेजमेन्टलाई कम मूल्यमा बिक्री गर्न दबाब दिई अनुचित लाभ लिएको आरोपमा उनीमाथि छानबिन भइरहेको छ।

उक्त कम्पनीमा इन्फिनिटी होल्डिङ्सको शतप्रतिशत लगानी रहेको छ। इन्फिनिटी होल्डिङ्स सम्पत्ति शुद्धीकरण मुद्दामै अनुसन्धानमा रहेका दीपक भट्टसँग सम्बन्धित कम्पनी हो। अनुसन्धानका क्रममा भट्टको सम्पत्तिसँग पौडेलको सम्बन्ध देखिएपछि विभागले उनीमाथि पनि अनुसन्धान अघि बढाएको जनाएको छ।

यद्यपि, आरोपबारे अदालतबाट अन्तिम फैसला भइसकेको छैन र अनुसन्धान प्रक्रिया जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा