होमपेज > मन्त्रीका लागि गाडी होइन, साइकल किन्न सांसद विष्णुबहादुर विश्वकर्माको प्रस्ताव

मन्त्रीका लागि गाडी होइन, साइकल किन्न सांसद विष्णुबहादुर विश्वकर्माको प्रस्ताव

बिज्ञापन

राष्ट्रियसभा सदस्य विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरूका लागि महँगा सरकारी गाडी खरिद गर्नुको सट्टा साइकलको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्।

बिहीबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले अर्बौं रुपैयाँ खर्चेर नयाँ गाडी खरिद गर्ने तयारी गरिरहेको भन्ने समाचारप्रति आपत्ति जनाउँदै राज्यको खर्च प्राथमिकतामुखी हुनुपर्ने धारणा राखे।

उनले यसअघि अर्बौं रुपैयाँ बराबरका सरकारी गाडी नष्ट गरिएको उल्लेख गर्दै फेरि ठूलो रकम खर्चेर नयाँ सवारीसाधन खरिद गर्न लागिएको भन्दै प्रश्न उठाए।

विश्वकर्माले नागरिकले आधारभूत स्वास्थ्य सेवा र औषधिसमेत सहज रूपमा पाउन नसकेको अवस्थामा सरकारले मन्त्रीहरूको सुविधाका लागि गाडी खरिद गर्न खोज्नु उचित नहुने बताए। उनले राज्यको स्रोतसाधन जनताको आधारभूत आवश्यकतामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।

सरकारले मितव्ययिताको उदाहरण प्रस्तुत गर्न मन्त्री तथा जनप्रतिनिधिले साइकल प्रयोग गर्न सक्ने सुझाव दिँदै उनले सिंहदरबार पुनर्निर्माण आवश्यक परे जनसहभागिता र चन्दाबाट समेत गर्न सकिने टिप्पणी गरे।

विश्वकर्माले सरकारलाई जनताको दैनिक समस्या समाधानमा प्राथमिकता दिन आग्रह गर्दै विलासी खर्च नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा