होमपेज > सप्तकोशी नदीमा पानीको बहाव उच्च, पार गर्‍यो अति खतराको संकेत

सप्तकोशी नदीमा पानीको बहाव उच्च, पार गर्‍यो अति खतराको संकेत

बिज्ञापन

सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दै गएको छ । निरन्तर पानीको बहाव बढ्दा सप्तकोशी नदीमा पानीको बहावले अति खतराको सूचक पनि पार गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अहिले ६ लाख ६१ हजार २९५ क्युसेक पानी बगिरहेको छ ।

हिजो साँझबाट कोशी प्रदेशका अधिकांश स्थानमा पानी पर्न रोकिए पनि सप्तकोशीमा भने पानीको बहाव निरन्तर बढ्दो नै छ । कोशी नदीमा लेदोयुक्त बाढी अत्यधिक रहेको जनाइएको छ । पानीको बहाव बढेका कारण आइतबार बिहानसम्मै कोशी ब्यारेजको माथिबाट पानी बगिरहेको छ । ब्यारेज माथिबाट पानी बगेका कारण आवतजावत बन्द गरिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

सप्तकोशी नदीमा जल सतहले सतर्कता तह नाघेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खुला छन् । शनिवार साँझदेखि देशभर पानी पर्न रोकिए पनि कोशी नदीको बहाव भने घटेको छैन । कोशी ब्यारेजमा अति उच्च बहावका कारण अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले आग्रह गरिसकेको छ । एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारी साधनबाहेक कोशी ब्यारेजमा चल्न अनुमति छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  2. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  3. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  4. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  5. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  6. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  7. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  8. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  9. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  10. १० शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  11. ११ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  12. १२ १३ राजदूतका लागि ३ हजार आवेदन
  13. १३ हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  14. १४ नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  15. १५ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु