होमपेज > समस्याग्रस्त सहकारीको कर्जा असुली गरी बचतकर्ताको पैसा फिर्ता गरिने

समस्याग्रस्त सहकारीको कर्जा असुली गरी बचतकर्ताको पैसा फिर्ता गरिने

बिज्ञापन

सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने घोषणा गरेको छ । सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा गरेका हुन् ।

उक्त कोषमा सहकारीको कर्जा असुली गरेर प्राप्त रकम जम्मा गरिनेछ । सोही रकमबाट बचतकर्ताको बचत फिर्ता गरिने सरकारले घोषणा गरेको छ । यसो त सरकारले सहकारीको बचत फिर्ता गर्ने उद्देश्यले रिभल्भिङ कोष स्थापना गरिसकेको छ । उक्त कोषका लागि सरकारले २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

हाल समस्याग्रस्त सहकारीका ऋणीबाट असुल गरिएको रकम सोही कोषमा जम्मा गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई समेत सुदृढीकरण गर्ने सरकारले घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म