होमपेज > सरकारलाई राजेन्द्र लिङ्देनको सुझाव: ‘परिपक्व व्यवहार आवश्यक’

सरकारलाई राजेन्द्र लिङ्देनको सुझाव: ‘परिपक्व व्यवहार आवश्यक’

बिज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नेतृत्व गरिरहेको दल रास्वपालाई परिपक्व र जिम्मेवार व्यवहार प्रदर्शन गर्न सुझाव दिएका छन्।

आज रास्वपा सभापति रवि लामिछाने ले आह्वान गरेको सर्वदलीय बैठकमा बोल्दै लिङ्देनले देशका संवेदनशील विषयमा सरकार र सत्तारूढ दलले सावधानीपूर्वक अभिव्यक्ति दिनुपर्ने बताएका हुन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “देश जित्नेको मात्र होइन, हार्नेको पनि हो। सरकारले गर्ने गलत क्रियाकलापको असर सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ। त्यसैले परिपक्व व्यवहार आवश्यक छ।”

लिङ्देनले प्रधानमन्त्री बालेन शाह ले संसद्मा सीमा सम्बन्धी विषयमा दिएको मन्तव्य तथा रास्वपा सभापति लामिछानेले भारत भ्रमणका क्रममा व्यक्त गरेको “हामीले विगतको भारी बोक्दैनौं” भन्ने अभिव्यक्ति अपरिपक्व रहेको टिप्पणी गरे।

उनले राष्ट्रिय हित, छिमेकी सम्बन्ध तथा संवेदनशील कूटनीतिक विषयमा बोल्दा राजनीतिक नेतृत्वले संयमित र जिम्मेवार दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए।

सर्वदलीय बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारका गतिविधि तथा राष्ट्रिय सरोकारका विषयमा छलफल भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म