होमपेज > सर्वोच्च अदालतबाट दीपक मनाङेले लिए पुनरावलोकनको निवेदन फिर्ता

सर्वोच्च अदालतबाट दीपक मनाङेले लिए पुनरावलोकनको निवेदन फिर्ता

बिज्ञापन

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकनका लागि दिएको निवेदन फिर्ता लिएका छन् ।

पुनरावलोकनका लागि निवेदन दिएको चार महिना नाघिसक्दा पनि पेसी चढ्ने तर हेर्न नमिल्ने हुन थालेपछि उनले निवेदन फिर्ताका लागि अपिल गरेका थिए । उक्त अपिलमा न्यायाधीशत्रय कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले मागबमोजिम हुने आदेश गरेको हो ।

सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता लिएर मनाङेले बाहिर बसेर मुद्दा लड्ने लगायत अन्य सेवासुविधा माग गर्दै प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । ज्यान मार्ने उद्योगमा २०८१ कात्तिक २० गते सर्वोच्चले उच्च अदालत पाौनको आदेश सदर गर्दषे मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । उच्चले उनलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो ।

मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ ९क० अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै जिल्ला अदालत काठमाडौँमा निवेदन दिएकोमा जिल्लाले फागुन २३ गते १ वर्ष कैद छुट दिने आदेश गरिसकेको छ ।

फैसला पुनरावदेनका लागि मनाङेको तर्फबाट २०८१ माघ १० गते सर्वीच्चमा निवेदन दर्ता भएको थियो । २०८१ फागुन १५ गते न्यायाधीशहरु हरिप्रसाद फुयाल, डा. नहकुल सुवेदी र सुनिल कुमार पोखरेल, चैत ७ गते हरिप्रसाद फुयाल, डा मनोजकुमार शर्मा उ नित्यानन्द पाण्डेय तथा गत वैशाख ४ गते डा कुमार चुडाल, डा. नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको इजलासमाथि तीनपटक उक्त निवेदनको पेसी तोकिएको थियो । तर तीनै पटक हेर्न नमिल्नेमा गएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  2. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  3. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  4. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  5. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  6. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  7. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  8. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  9. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  10. १० नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  11. ११ नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  12. १२ नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  13. १३ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  14. १४ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  15. १५ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै