होमपेज > साइमेक्स इंकको ग्राहक केन्द्रित अभियान ०–५–१० घोषणा

साइमेक्स इंकको ग्राहक केन्द्रित अभियान ०–५–१० घोषणा

बिज्ञापन

बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले विशेष ग्राहक केन्द्रित अभियान ०–५–१० को घोषणा गरेको छ । बीवाईडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनियता र मानसिक शान्ति प्रदान गर्ने उद्देश्यमा प्रतिबद्ध रहँदै कम्पनीले यो अभियान सुरु गरेको हो ।

सीमित समयका लागि प्रदान गरिने नयाँ वर्ष अफर अन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकहरुले निम्न विशेष सुविधा दिनेछः

-५ वर्ष सम्म शुन्य सर्भिसिङ मूल्यः

ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्नु हुनेछ,जसमा लेवर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायतका कन्जुमेबल समावेश हुनेछ । कम्पनीले सिफारिस गरेको सर्भिस तालिका अनुसार पाँच वर्ष सम्मका लागि यो सुविधा उपलब्ध हुनेछ ।

-१० वर्ष वा २ लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टीः

प्रत्येक ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटर मध्ये जुन पहिले आउँछ, त्यही वारेन्टी सुविधा हुनेछ । यो ईभी उद्योगमै सबैभन्दा धेरै पाइने वारेन्टी हो, जसले गुणस्तरीयता, विश्वसनियता र ग्राहक सन्तुष्टिप्रति बीवाईडीको दीर्घकालीन प्रतिबद्धतालाई पुनःपुष्टि गर्दछ ।

यो विशेष ०–५–१० अभियान आगामी २०८१ बैशाख ३१ सम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ र बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा लागु हुनेछ ।

अभियान घोषणा बारेमा बोल्दै साइमेक्स इंक प्रालिका नेसनल सेल्स हेड आशुतोष गौतमले भने, ‘नयाँ वर्षमा पदार्पण गर्दै गर्दा हामीले हाम्रा ग्राहकका साथ कार मात्र नभई एक दशक सम्मको एस्योरेन्सर र केयर समेतको उत्सव मनाउन चाहन्छौं । ०–५–१० अभियान एउटा अफर मात्र होइन, यो सफा, दिगो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालको संक्रमणका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिविम्ब पनि हो । हामीप्रति ग्राहकले गर्नुभएको लगातारको विश्वासका लागि हामी उहाँहरुलाई धन्यवाद दिन चाहन्छौ र हरित भविष्यका लागि साथै अगाडि बढ्ने
आशा गर्दछौ ।’

अफरको बारेमा जानकारी लिनका लागि ग्राहकले कुनै पनि आधिकारिक बीवाईडी शोरुम वा नेपालभर चलिरहेका डिस्प्ले इभेन्टको भ्रमण गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म