होमपेज > साउन ३० देखि नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले ‘एनआई ३१’ निष्कासन गर्ने

साउन ३० देखि नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले ‘एनआई ३१’ निष्कासन गर्ने

बिज्ञापन

साउन ३० गतेदेखि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले दोस्रो खुलामुखी योजना ‘एनआई ३१’ निष्कासन गर्ने भएको छ।

यसमा प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १ करोड ५० लाख इकाई निष्कासनमा ल्याउन नेपाल धितोपत्र बोर्डले साउन ८ गते अनुमति दिएको थियो। जसमध्ये ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक समेत रहेको नबिल इन्भेष्टमेण्टलाई सुरक्षित गरी बाँकी १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

यसमा आवेदन दिंदा कम्तीमा १०० इकाईका लागि र बढीमा २५ लाख इकाईसम्म माग गर्न सकिनेछ। निष्कासन बन्द छिटोमा भदौ ३ गते हुनेछ तर पर्याप्त आवेदन नपरेमा भदौ १३ गतेसम्म लम्बिनेछ। उक्त अवधिसम्म कम्तीमा ७५ लाख इकाईका लागि आवेदन परेमा इकाई बाँडफाँड गर्न सकिनेछ तर आवेदन नपरेमा योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गरिनेछ। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म