होमपेज > साताको अन्तिम कारोबारको दिन १२ अंकले घट्यो शेयर बजार, १२ उपसूचक राताम्य

साताको अन्तिम कारोबारको दिन १२ अंकले घट्यो शेयर बजार, १२ उपसूचक राताम्य

बिज्ञापन

आज साताको अन्तिम कारोबार दिन पनि शेयर बजारमा गिरावट जारी रह्यो। बिहीबार शेयर बजार अघिल्लो दिनको तुलनामा १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा कायम भएको छ। बजार घट्दा कारोबार रकम पनि घटेको छ।

आज ३१२ कम्पनीको ९५ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको हो। पछिल्लो समय फाइनान्स कम्पनीका लगानीकर्ताको शेयर मूल्य निरन्तर घट्दो क्रममा रहेको छ। बुधबार सर्वाधिक घट्ने सूचीमा रहेको फाइनान्स समूहले आज पनि सोहि निरन्तरता दिएको छ। आज फाइनान्स समूहको शेयर मूल्य १.३५ प्रतिशतले घटेको छ।

आज जीवन बीमा समूहको शेयर मूल्य मात्रै ०.०३ प्रतिशतले बढेकोछ। अन्य १२ उपसूचक नै राताम्य भएका हुन्। यसदिन ६२ कम्पनीको शेयरमूल्य बढेको छ भने १७५ कम्पनीको घटेको छ। आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ५३ प्रतिशतका दरले कमाएका हुन्।

आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्था र भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन्। आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म