होमपेज > सिटिजन लाइफ इन्स्योरेन्स जाजरकोट शाखाद्वारा ६ लाख २० हजारको बीमा दावी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स जाजरकोट शाखाद्वारा ६ लाख २० हजारको बीमा दावी भुक्तानी

बिज्ञापन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको जाजरकोट शाखा कार्यालयले ६ लाख रुपैयाँबढीको बीमा दावी भुक्तानी गरेको हो ।

कम्पनीले नलगाड नगरपालिका वडा नम्बर १ कल्पतका प्रकाश पुन लाई जाजरकोटका शाखा प्रमुख गोविन्द बहादुर बुढाले मृत्यु दावी बापत ६ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । नलगाड नगरपालिका १ को वडा कार्यालयमा एक कार्यक्रमकाबीच स्वर्गीय प्रकाश पुनकी श्रीमती खिमा कुमारी पुनलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

बीमित स्वर्गिय प्रकाश पुनले २०८१ साल असार ३१ गते छोरा बिश्व प्रकाश पुनको नाममा बिमाङक रकम पाँच लाख ७० हजार राखी १८ वर्ष अवधिको बार्षिक ३९ हजार ३ सय रुपैयाँ प्रिमियम तिरी सिटिजन बाल भबिस्य प्लस बीमा गरेका थिए । उनले बीमा गरेको १ वर्ष नपुग्दै २०८२ सालको असार ०३ गते निजको मृत्यु भएको थियो ।

सर्वाधिक सुबिधा भएको सिटिजन लाइफको बाल भविष्य प्लस बीमा योजना अनतर्गत हाल बीमाङक रकम ५ लाख ७० हजार रुपैयाँ र काजकिरिया खर्च ५० हजारसहित ६ लाख २० हजार रुपैयाँ बराबरको बीमा दावी बीमितका आफन्तले प्राप्त गरेका छन् । मृत्यु दावी रकम प्राप्त गरेपछि मृतकको श्रीमती खिमा कुमारी पुनले अब आफू र यो नाबालक छोराको लागि बाच्ने आधार यहि बीमा भएको कुरा ब्यक्त गरिन् ।

कम्पनीको जाजरकोट शाखा प्रमुख गोबिन्द बहादुर बुढाले कार्यक्रमकाबीच बीमाको आवश्यकता औचित्य र महत्वपूर्ण स्पष्ट पार्दै यस्ता दुरदराजका बस्तीहरुमा बीमाको आवश्यकता अझै बढी भएको र सबैले आफ्नो अवस्था अनुसार बीमा गर्नुपर्ने कुरा राख्दै सिटिजन लाइफ बिकट गाउँ देखि सहरसम्म बीमितहरुबीचमा सेवा पुर्‍याइ रहेको कुरा जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म