होमपेज > सीटीईभीटी उपाध्यक्ष नियुक्तिका लागि ८ जना संक्षिप्त सूचीमा

सीटीईभीटी उपाध्यक्ष नियुक्तिका लागि ८ जना संक्षिप्त सूचीमा

बिज्ञापन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्ष नियुक्तिका लागि आठ जना संक्षिप्त सूचीमा परेका छन्।

उपाध्यक्ष छनोट समितिले आइतबार सार्वजनिक गरेको सूचीअनुसार उपेन्द्र पोखरेल, उमेशकुमार मिश्र, काजीराम अधिकारी, कुष्माकर भट्ट, खेमराज जोशी, टैलेन्द्र आचार्य, मोहम्मद सफिउल्लाह र हरिशंकरप्रसाद साह संक्षिप्त सूचीमा परेका हुन्।

समितिका अनुसार आगामी पुस २८ गते उनीहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिइनेछ। उक्त प्रक्रियापछि समितिले तीन जनाको नाम सिफारिस गर्नेछ। सिफारिस गरिएका नामहरूमध्येबाट मन्त्रिपरिषद् बैठकले एक जनालाई सीटीईभीटीको उपाध्यक्षमा नियुक्त गर्ने व्यवस्था छ।

सीटीईभीटीमा २०८१ माघदेखि उपाध्यक्ष पद रिक्त रहँदै आएको छ। परिषद्‌को नेतृत्व रिक्त रहँदा प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी कार्यक्रमहरू प्रभावित हुँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  2. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  3. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  4. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  5. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  6. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  7. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  8. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  9. १३ राजदूतका लागि ३ हजार आवेदन
  10. १० हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  11. ११ नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  12. १२ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  13. १३ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  14. १४ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  15. १५ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन