होमपेज > सुदूरपश्चिमको बजेट भदौ ३१ मा फेरि आउने

सुदूरपश्चिमको बजेट भदौ ३१ मा फेरि आउने

बिज्ञापन

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि भदौ ३१ गते फेरि बजेट ल्याउने भएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार पत्रकार सम्मेलन गरी भदौ ३१ मा बजेट ल्याउन लागेको बताएका छन्। “संवैधानिक र कानूनी प्रक्रियामा रहेर नै बजेट आउँछ,” मुख्यमन्त्री शाहले भने, “यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट ल्याउँछौं।” यसअघि नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घ सोडारी नेतृत्वको प्रदेश सरकारले असार १ मा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको थियो। प्रदेश सभाबाट बजेट पारित नहुँदै सोडारी नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि बजेट प्रदेश सभामा अलपत्र परेको थियो।

यसअघि सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर नयाँ बजेट ल्याउने तयारी गरिएको मुख्यमन्त्री शाहले बताए। प्रदेश सरकारले बजेट निर्माणको लागि चार वटा आधार तय गरेका छन्। त्यसभित्रै रहेर बजेटको तयारी भइरहेको उनले बताए। प्रदेश सरकारले योजनाका लागि २५ लाख भन्दामाथिको सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता र औचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने तय गरेको छ।

त्यस्तै, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरेको पनि मुख्यमन्त्री शाहले बताएका छन्। यसअघि ल्याएको बजेट पारित नहुँदा प्रदेश सरकार उधारोमा काम गरिरहेको छ। चालु आर्थिक वर्ष शुरू भएको दुई महीनासम्म पनि बजेट आउन नसकेको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको छ। समयमा बजेट नआउँदा प्रदेश सरकारका योजना ठप्प छन्। प्रदेश सरकार मातहतका कर्मचारीले तलब समेत पाउन सकेका छैनन्। मुख्यमन्त्री शाहले भदौको ३१ गते बजेट आउने र दुई–तीन दिनमै छलफल सकेर पारित गर्ने योजना रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  2. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  3. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  4. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  5. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  6. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  7. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  8. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  9. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  10. १० नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  11. ११ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  12. १२ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  13. १३ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  14. १४ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  15. १५ १३ राजदूतका लागि ३ हजार आवेदन