स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि दोस्रो चरणअन्तर्गत प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले बैशाख २९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर बिक्री खुला गर्न लागेको हो।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको जनाएको छ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा छिटोमा जेठ १ गतेसम्म र ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
इक्रा नेपालले कम्पनीलाई ‘डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम जोखिमयुक्त रहेको संकेत गर्छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

