होमपेज > ‘स्मार्ट मनी टक्स’ अभियानमा नविल बैंकले दियो बालबालिकालाई वित्तीय साक्षरता

‘स्मार्ट मनी टक्स’ अभियानमा नविल बैंकले दियो बालबालिकालाई वित्तीय साक्षरता

बिज्ञापन

‘पैसा कमाउनु मात्रै होइन, त्यसको बचत र सही व्यवस्थापन गर्नु पनि उत्तिकै आवश्यक छ’  यही सन्देशलाई व्यवहारमा उतार्ने उद्देश्यसहित विश्वभर मनाइँदै आएको ‘ग्लोबल मनी विक’ नेपालमा पनि व्यापक रूपमा मनाइएको छ। यसै क्रममा नबिल बैंकले देशका सातै प्रदेशमा पुगेर विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै अभियानलाई थप प्रभावकारी बनाएको छ।

यो अभियानको १४ औं संस्करण हो। यस वर्षको नारा ‘स्मार्ट मनी टक्स’ रहेको छ। यसको मुख्य उद्देश्य किशोर-किशोरी र युवाहरूमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउनु रहेको छ। यसै अवसरमा नबिल बैंकले देशका सातै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै अभियानलाई थप प्रभावकारी बनाएको छ। बैंकले एक हजारभन्दा बढी विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको जनाएको छ।

नविल बैंकले ‘स्मार्ट मनी टक्स’ नारासहित सञ्चालन गरेको कार्यक्रममार्फत सानै उमेरदेखि पैसाको सही प्रयोग, बचत, खर्च र लगानी र डिजिटक बैंकिङ बारे व्यवहारिक ज्ञान दिन जोड दिएको छ। चैत २ देखि ८ गतेसम्म सञ्चालन भएको यस अभियान मार्फत एक सय २१ भन्दा बढी विद्यालयमा कार्यक्रम सम्पन्न गरिसकेको छ । सो कार्यक्रममा सात हजार आठ सय ८७ बढी विद्यार्थीले  वित्तिय साक्षरताबारे ज्ञाने लिने र अन्तर्क्रिया गरेका छन् ।

कक्षाबाट जीवनपाठसम्म

विद्यालयका कक्षाभित्र सञ्चालन गरिएका यी अन्तरक्रियात्मक सत्रहरूबाट विद्यार्थीहरूले पाठ्यपुस्तकभन्दा बाहिरका जीवनोपयोगी सीप सिकेका छन्। कार्यक्रममा सहभागी श्रमिक शान्ति क्याम्पसमा अध्ययनरत रसिका चौलागाईं भन्छिन्, ‘हामीले पैसा बचत गर्ने मात्र होइन, कहाँ खर्च गर्ने र कसरी सही ठाउँमा लगानी गर्ने भन्ने कुरा सिक्यौं। यसले हाम्रो सोच नै परिवर्तन गरिदिएको छ।’

यस्तै, रत्नराज्य मा.वि मा कक्षा ११ मा अध्ययनरत रमिता कुँवरले यस साक्षरता कार्यक्रमबाट आफूले धेरै उपयोगी सीप सिकेको बताइन् । यस अघि नै परिवारका सदस्यहरु डिजिटल ठगीमा परेको अनुभव सुनाउँदै उनले अब आफू र आफ्नो परिवारलाई ठगिनबाट जोगाउन नविल बैंकको साक्षरता कार्यक्रमबाट ज्ञान पाएको उनले भनिन् ।  ‘अब कुनै लिंक वा कसैले फोन गरेर ओटिपी मागे नदिन र बैंक वा वित्तीय संस्थाले फोन गरेर कुनै पनि व्यक्तिगत जानकारी नमाग्ने कुरा पनि अब परिवारका सदस्य तथा आफन्तलाई सिकाउँछु’ रमिता भन्छिन् ।

कार्यक्रममा सहभागी अर्का विद्यार्थी विक्रम राय यादवका अनुसार, ‘अनलाइन ठगीबाट कसरी बच्ने, बैंकिङ सेवा सुरक्षित रूपमा कसरी प्रयोग गर्ने भन्नेबारे थाहा पायौं। अब हामी आफैं सचेत भएका छौं र घरमा पनि सिकाउन सक्छौं।’ कार्यक्रममा सहभागी विद्यार्थीहरूको यस्तो प्रतिक्रिया केवल सिकाइको संकेत मात्र होइन, वित्तीय व्यवहारमा आउने सम्भावित परिवर्तनको झल्को पनि हो।

ग्लोबल मनी विक अन्तगर्त नबिल बैंकको ‘स्मार्ट मनी टक्स’ कार्यक्रम विद्यार्थीका लागि मात्र नभइ आफूहरुका लागि पनि उत्तिकै उपयोगी भएको श्रमिक शान्ति क्याम्पसका शिक्षक गिरिराज अर्यालले बताए । विद्यालयस्तरको पाठ्यक्रममा नै यस्तो पहल आवश्यक रहेको बताउँदै ‘हामीले किताबमा पढाउने कुरा मात्र पर्याप्त हुँदैन। यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक जीवनका लागि तयार बनाउँछन्। सानै उमेरदेखि वित्तीय अनुशासन सिक्नु उनीहरूको भविष्यका लागि अत्यन्त महत्वपूर्ण छ,’ उनले भने।

ग्लोबल मनी विक: विश्वव्यापी अभियान

‘ग्लोबल मनी विक’ सन् २०१२ देखि ओईसीडीको संयोजनमा सुरु भएको विश्वव्यापी वित्तीय साक्षरता अभियान हो। यो अभियान हाल १७६ भन्दा बढी देशमा फैलिएको छ। ग्लोबल मनी विकका अवसरमा नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण लगायतका नियामक निकाय, बैंक तथा वित्तीय संस्थाहरू, बिमा कम्पनी र सहकारी क्षेत्र सक्रिय रूपमा सहभागी छन्। विद्यालय तथा कलेजमा निबन्ध, हाजिरीजवाफ, प्रश्नोत्तर, र्‍याली, डिजिटल अभियान तथा लगानीसम्बन्धी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यसले सहरदेखि ग्रामीण क्षेत्रसम्म वित्तीय चेतना विस्तार गर्न मद्दत पुर्‍याएको छ।

किन आवश्यक छ वित्तीय साक्षरता ?

आजको डिजिटल युगमा वित्तीय साक्षरताको अभावले ठगी, स्क्याम र गलत लगानीका जोखिम बढाइरहेको छ। यस्तो अवस्थामा ग्लोबल मनी विकजस्ता अभियानले बचत र खर्चको सन्तुलन सिकाउँछ । सही लगानी निर्णय लिन सहयोग गर्छ । अनलाइन वित्तीय सुरक्षाबारे सचेत बनाउँछ । र, सानै उमेरदेखि आर्थिक अनुशासन विकास गर्छ। यसका साथै, विद्यार्थीमार्फत अभिभावक र समुदायसम्म पनि वित्तीय चेतना फैलिने देखिएको छ।

ग्लोबल मनी विक केवल एक साताको कार्यक्रम होइन, दीर्घकालीन सामाजिक रूपान्तरणको आधार हो। नविल बैंकजस्ता संस्थाहरूको सक्रिय सहभागिताले यस अभियानलाई अझ प्रभावकारी बनाएको छ। विद्यालयदेखि समुदायसम्म फैलिँदै गएको यस्तो पहलले आगामी पुस्तालाई आर्थिक रूपमा सक्षम, सचेत र जिम्मेवार नागरिक बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  2. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  3. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  4. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  5. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  6. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  7. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  8. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  9. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  10. १० नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  11. ११ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  12. १२ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  13. १३ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  14. १४ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  15. १५ १३ राजदूतका लागि ३ हजार आवेदन