होमपेज > स्वास्थ्य बीमामा सुधारको माग गर्दै बुझाइयो सात बुँदे ज्ञापनपत्र

स्वास्थ्य बीमामा सुधारको माग गर्दै बुझाइयो सात बुँदे ज्ञापनपत्र

बिज्ञापन

राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ, जिल्ला कार्यसमिति मकवानपुरले स्वास्थ्य बीमा सेवामा देखिएको गम्भीर अव्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल सरकारअन्तर्गतको स्वास्थ्य बीमा बोर्डलाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष काजीमान तितुङको नेतृत्वमा बुझाइएको सो ज्ञापनपत्रमा स्वास्थ्य बीमा सेवामा व्याप्त समस्या समाधानका लागि तत्काल आवश्यक कदम चाल्न माग गरिएको छ । वास्थ्य बीमा ऐन, २०७४ को दफा ९(६) र नियमावली, २०७५ अनुसार बीमित सेवाग्राहीले पाउने सेवा हाल अव्यवस्थित भएकाले विशेषगरी मकवानपुर जिल्लाका नागरिकहरू समस्यामा परेको संघको आरोप छ ।

अध्यक्ष तितुङले स्वयं हेटौंडा अस्पतालमा उपचारको क्रममा लापरवाही, रिफर प्रक्रियाको जटिलता र समय व्यवस्थापनको अभावले आफैं पीडित बन्नुपरेको अनुभव सुनाएका छन् । संघले हेटौंडा अस्पताल र सामुदायिक हेटौंडा आँखा अस्पतालबीच समन्वयको अभावले आँखाजस्तो संवेदनशील उपचारमा समेत आम नागरिकलाई सास्ती भइरहेको भन्दै तत्काल समस्या समाधान गर्न चेतावनी दिएको छ ।

संघले समस्या समाधान नभए चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने र पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गर्ने चेतावनीसमेत दिएको छ ।
ज्ञापनपत्रमा उल्लेख गरिएका सात प्रमुख मागहरू यसप्रकार छन्:

हेटौंडा अस्पतालमा आँखाको सेवा विस्तार गरी नियमित सञ्चालन गर्नुपर्ने ।
सामुदायिक हेटौंडा आँखा अस्पताललाई स्वास्थ्य बीमाको पहिलो सेवाविन्दुका रूपमा कायम गर्नुपर्ने ।
हेटौंडा अस्पताल र सामुदायिक आँखा अस्पतालबीचको विवाद तत्काल अन्त्य गर्नुपर्ने ।
सामुदायिक आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा लागू गर्नुपर्ने ।
निजी अस्पतालहरूमा समेत रिफर खारेजको व्यवस्था लागू गर्नुपर्ने ।
रिफरको समय र टोकन वितरण प्रक्रिया व्यावहारिक र प्रभावकारी बनाउनुपर्ने ।
हालको तीन महिनाको सेवा अवधि परिमार्जन गर्नुपर्ने ।
संघले नागरिकको मौलिक स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी, पारदर्शी र सेवा–केन्द्रित बनाउन जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म