होमपेज > २१३ प्रतिशत बढ्यो सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश क्षमता

२१३ प्रतिशत बढ्यो सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश क्षमता

बिज्ञापन

सांग्रिला विकास बैंकले आज प्रकाशित गरेको गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार लाभांश क्षमता २१३.८१ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो वर्षको असार मसान्तसम्म बैंकको लाभांश क्षमता १३ करोड १८ लाख रुपैयाँ मात्रै रहेकोमा गत असार मसान्तसम्म आइपुग्दा यो बढेर ४१ करोड ३८ लाख रुपैयाँ पुगेको हो। त्यस्तै अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको खुद नाफा पनि ६.५१ प्रतिशतले वृद्धि भएर ५३ करोड ७० लाख रुपैयाँ नाघेको छ जबकी अघिल्लो वर्ष बैंकको खुद नाफा ५० करोड ४२ लाख रुपैयाँ थियो।

यद्यपि बैंकको खुद ब्याज आम्दानी भने १ अर्ब ९० करोड ६८ लाख रुपैयाँबाट १.३६ प्रतिशतको सामान्य गिरावट सहित १ अर्ब ८८ करोड ९ लाख रुपैयाँमा झरेको छ। यता बैंकको खुद सञ्चालन आम्दानी १ अर्ब ८४ करोड ६ लाख रुपैयाँबाट बढेर १ अर्ब ९२ करोड ७४ लाख रुपैयाँ पुग्दा सञ्चालन नाफा ७० करोड ३४ लाख रुपैयाँबाट १० प्रतिशतले बढेर ७७ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४१ करोड ३८ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ६० करोड ३० लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी पनि १४.७० रुपैयाँबाट बढेर १५.१० रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा ३.९३ प्रतिशतबाट बढेर ५.६४ प्रतिशत कायम भएको छ।

बैंकले यस अवधिसम्म ग्राहकलाई ४३ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेर ५४ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १५६.७१ रुपैयाँ रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  2. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  3. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  4. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  5. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  6. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  7. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  8. १३ राजदूतका लागि ३ हजार आवेदन
  9. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  10. १० नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  11. ११ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  12. १२ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  13. १३ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  14. १४ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  15. १५ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न