होमपेज > हिमालयन बैंकको एफपिओ साउन १३ गते बाँडफाँड गरिने

हिमालयन बैंकको एफपिओ साउन १३ गते बाँडफाँड गरिने

बिज्ञापन

हिमालयन बैंकको एफपिओ साउन १३ गते मंगलबार बिहान ९ बजे बाँडफाँड गरिने भएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा शेयर हिस्सा ३० प्रतिशत कायम गर्न आम सर्वसाधारणका लागि असार ३२ गतेदेखि साउन ४ गतेसम्म एफपीओ जारी गरेको थियो । बैंकले एक अर्ब ४५ करोड २३ लाख बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत शेयर जारी गर्नैपर्ने व्यवस्था छ ।

हाल सर्वसाधारण समूहमा बैंकको शेयर हिस्सा जम्मा २७ प्रतिशत छ । अंकित मूल्य १ सयमा ५७ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले बैंकले एफपीओ जारी गरेको थियो । एफपीओमा १७ लाख ४ हजार २७३ जनाले आवेदन दिएको बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटलले जानकारी दिएको छ । यो एफपीओ जनही १० कित्ताका हिसाबले ९ लाख २५ हजार ४६ जनालाई मात्र पर्ने छ भने ७ लाख ७९ हजार २२७ लाई पर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट