होमपेज > त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा तोडफोड गरेको आरोपमा २ पक्राउ

त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा तोडफोड गरेको आरोपमा २ पक्राउ

बिज्ञापन

त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । गत जेठ १४ गते उपकुलपति प्राडा खड्क केसीको सचिवालयमा तोडफोड गरिएको थियो । उक्त कार्यमा संलग्न रहेको भन्दै प्रहरीले दिक्पाल कार्की र लोकेश कार्कीलाई पक्राउ गरेको हो ।

उनीहरू दुवै जनामाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । उपकुलपति केसीलाई भेट्न पुगेका विद्यार्थीको हुलले केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालाबन्दी गरेको थियो । सोही घटनामा संलग्न भएको आरोपमा उनी पक्राउ गरिएको बोहराले बताए ।

स्नातक तह प्रथम वर्षको भर्ना खुलाउन माग गर्दै काठमाडौँ उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघबाट निर्वाचित भएका स्ववियु नेताहरू उपकुलपति कार्यालय गएका थिए । सोही समयमा एक हुलले तोडफोड गरेको विश्वविद्यालयले जनाएको छ ।

तोडफोडपछि विश्वविद्यालयले कानुनी प्रक्रिया अगाडि बढाएको थियो । विश्वविद्यालयले तोडफोडमा संलग्नलाई कानुनी कारबाही गर्नुका साथै क्षतिपूर्तिको माग गर्दै प्रहरीले उजुरी दिएको थियो । २०८० चैतमा सम्पन्न स्ववियु निर्वाचनअघि नै त्रिविले विद्यार्थी भर्ना बन्द गरेको थियो । अहिले आएर प्रथम वर्षको परीक्षा नजिकिँदै जाँदा उनीहरूले भने विद्यार्थी भर्ना पुनः खोल्नुपर्ने माग गर्दै आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म