होमपेज > २४ घण्टामा देशभरमै सबैभन्दा भारी वर्षा सिन्धुपाल्चोकमा

२४ घण्टामा देशभरमै सबैभन्दा भारी वर्षा सिन्धुपाल्चोकमा

बिज्ञापन

पछिल्लो २४ घण्टामा सबैभन्दा ठूलो वर्षा सिन्धुपाल्चोकमा भएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार राति ९ बजे दिएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकको ढुंगे भन्ने ठाउँमा ‘धेरै भारी’ वर्षा भएको हो।महाशाखाको विवरणअनुसार सिन्धुपाल्चोकको ढुंगेमा १७१ मिलिमिटर वर्षा मापन भएको हो।

यति ठूलो वर्षा यस अवधिमा देशभर अन्त कतै भएको छैन। उक्त अवधिमा दोस्रोमा सबैभन्दा ठूलो सर्लाहीको मनुष्मारामा ८६.२ मिलिमिटर वर्षा भएको छ।यस्तै रौतहटको गौरमा ६७.८, कैलालीको बालिया ६२.८ तथा कास्कीको लामापाटनमा ५७.२ मिलिमिटर वर्षा भएको मौसम महाशाखाको विवरणमा उल्लेख छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि, १०० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई भारी वर्षा भनिन्छ भने सयभन्दा माथि २०० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ। यसबाहेक पछिल्लो २४ घण्टामा देशका अन्य स्थानमा हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको छ। १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का तथा यसभन्दा माथि ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  2. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  3. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  4. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  5. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  6. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  7. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  8. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  9. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  10. १० नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  11. ११ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  12. १२ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  13. १३ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  14. १४ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  15. १५ १३ राजदूतका लागि ३ हजार आवेदन