होमपेज > ९ करोड ठगी गरेको आरोपमा माछापुच्छ्रे सहकारीका अध्यक्ष कर्ण पक्राउ

९ करोड ठगी गरेको आरोपमा माछापुच्छ्रे सहकारीका अध्यक्ष कर्ण पक्राउ

बिज्ञापन

सहकारीमा जम्मा भएको सर्वसाधारणको नौ करोड रुपैयाँ ठगी गरेको आरोपमा विराटनगरस्थित माछापुच्छ्रे सहकारीका अध्यक्ष अमलेश कर्ण पक्राउ परेका छन्। झन्ड दुई वर्षदेखि फरार रहेका उनी गएको बुधबार पक्राउ परेका थिए। उनी पक्राउ परेलगत्तै बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कर्णविरूद्ध ५० जना भन्दा बढीले बचत रकम दिलाइदिन र ठगी गर्नेलाई कारबाही गर्न माग गर्दै निवेदन दिइसकेका छन्। सहकारीका २६ जनाविरूद्ध प्रहरीमा जाहेरी परे पनि अध्यक्ष मात्रै पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

अरु आरोपी नभागुन् भनेर कर्ण पक्राउ परेको विषयमा प्रहरीले सूचना गोप्य राखेको छ। एक जना पक्राउ गरिएको र अरू आरोपी पनि पक्राउ गर्नुपर्ने भएकाले सार्वजनिक नगरिएको मोरङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले बताए। पक्राउ परेपछि उनी अस्पतालमा भर्ना भएका छन्। उच्च रक्तचापका कारण कोशी अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएको छ।

सहकारीमा सर्वसाधारणले गरेको बचतको रकमले निजी सम्पत्ती जोडेका कर्णले श्रीमतीका नाममा राखेको जमिन सुरक्षित राख्न सम्बन्ध बिच्छेद गरेको निकटहरूले बताउँदै आएका छन्। तर, प्रहरीले यसबारे केही बताएको छैन। कर्ण २०७४ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा स्वन्तन्त्र उम्मेदवारी दिएका व्यक्ति हुन्। सहकारीको अध्यक्ष रहेर मासिक रुपमा तलव लिने गरेका कर्णसहित सहकारीका सञ्चालक र कर्मचारीविरूद्ध प्रहरीमा जाहेरी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म